ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घोषणापत्रको विषयलाई लिएर कानून व्यवसायीहरुबीच गम्भीर विवाद

Mar 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

चैत ११, नेपालगञ्ज । १४ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन–२०७४ ले जारी गरेको घोषणापत्रको विषयमा कानून व्यवसायीहरुबीच गम्भीर विवाद देखिएको छ ।

नेपाल बार एशोसिएशनको आयोजनामा शुक्रवारबाट शुरु भएको सम्मेलनको अन्तिम दिन आइतवार २८ बुँदे घोषणापत्र जारी गरिएपछि त्यसमा रहेका केही बुँदाहरुमा गम्भीर असहमति जनाउँदै कानून व्यवसायीहरु गम्भीर विवादमा उत्रिएका छन् । उक्त घोषणापत्रमा पूर्व प्रधानन्यायाधीशहरु सुशीला कार्की र गोपाल पराजुलीका सम्बन्धमा देखिएका विवादित विषयलाई घोषणापत्रमा नसमेटिएकाले कानून व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

घोषणापत्र तयारी समितिमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित १७ जना सदस्य रहेका थिए । आइतवार सो समितिले २८ बुँदे घोषणापत्र जारी गरेको थियो । कानून व्यवसायीहरुको विवादका कारण प्रतिकूल परिस्थिति बनेको अवस्थामा उक्त विवादका सम्बन्धमा सम्बोधन गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले विवाद समाधान गर्न आफूहरु तत्पर रहेको बताए ।

अहिले विवाद समाधानका लागि छलफल चलिरहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)