ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० लाख रुपयाको चकलेट

Mar 25, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

गुलियो विशेषगरी, चकलेट हामीमध्ये धेरैलाई मन पर्ने खानेकुरा हो । विदेशी ब्राण्डका महँगा चकलेट देख्दा मुखमा पानी नआउने मानिस कमै होलान् । एउटै चकलेटलाई १० लाख रुपया तिरेर तपाईहरु किन्नु हुन्छ त ? मूल्य सुन्दा हाम्रो मनमा चकलेट त हिरा मोती वा सुनबाटै बनेको हो कि क्या हो भन्ने आशङ्का उत्पन्न हुन सक्छ । पोर्चुगलको ओबिदोस शहरमा चैतको शुरुमा विश्वकै सबैभन्दा महँगो चकलेट प्रदर्शनमा राखिएको थियो । यो चकलेट पोतुगाली चकलेट निर्माता कम्पनी ड्यानिएल गोम्सले बनाएको हो ।

हिराको आकारमा बनाइएको यस चकलेटको नाम ग्लोरियस हो । यसको भाउ करीब १० लाख रुपया (७ हजार ७ सय २८ यूरो) पर्दछ । चकलेट बनबनको १,००० सीमित संस्करण मध्ये एक भएको र २३ क्यारेट सुनको जलप लगाइएकोले यति महँगो परेको बताइएको छ । यसमा भएको सुनको जलप खान पनि मिल्छ । यो चकलेट गिनिश बुक अफ रेकर्डले विश्वकै सबैभन्दा महँगो चकलेटको रुपमा सूचिकृत भएको बताइएको छ ।

चकलेट भित्र केसरको धागा, हवाइट ट्रफल हालिएको छ । यसमा मदगास्कारमा पाइने भनिला र खान मिल्ने सुनका पातलो तह पनि राखिएको छ । यो चकलेट तयार पार्न ड्यानिएल गोमेसलाई एक वर्ष भन्दा बढी समय लागेको थियो । यति महँगो चकलेटको सुरक्षाका लागि २ सुरक्षाकर्मी खटाइएको छ । संसारकै महँगो चकलेटको प्याकेजिङ मामुलिल हुने त कुरै भएन । चकलेटको बट्टामा कालो ल्याकुरेड वुडन बेशमा सुनौलो अक्षरमा क्रम सङ्ख्या कुदिएको छ ।

यसको माथिपट्टि स्फटिकको कभर हालिएको छ अनि हजारौं स्वारोभस्की सफटिक र मोतीको जलप पनि लगाइएको छ । बट्टा खोल्ने ठाउँमा सुनको रिबनबाट तयार पारिएको ह्याण्डल राखिएको छ । चकलेट खाए पनि बट्टा भने सजावटका लागि प्रयोग गर्न सकिन्छ । चकलेट निकै विशेष भएकोले जथाभावी विक्री गर्न नमिल्ने संयुक्त अरब इमिरेट्स, रुस र अर्जेन्टिनाजस्ता सीमित देशमा मात्रै ढुवानी गरिने बताइएको छ । यो चकलेट धनीका लागि मात्रै भएकोले यसले मिश्रीत प्रतिक्रिया पाउने अपेक्षा कम्पनीले गरेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)