ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलाप्रेमी लगानीकर्ताको पर्खाइमा रङ्गमञ्च

Mar 27, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
विगत साढे ३ वर्षदेखि सञ्चालनमा रहेको थिएटर मल गएको जेठमा एक्कासि बन्द भयो । प्रतिमहीना रू. ५० हजारदेखि शुरू भएको भाडा रू. १ लाख पुग्दासम्म पनि यो थिएटर चलिरहेकै थियो । तर, सुन्धारास्थित काठमाडौं मलमा सञ्चालित उक्त थिएटर भत्काएर चलचित्र हल बनाउने मलको नयाँ व्यवस्थापनको योजनाका कारण थिएटर मल बन्द गर्नुपर्‍यो । राजधानीमा सञ्चालन भई बन्द हुने यो तेस्रो थिएटर हो । यसअघि थिएटर भिलेज र आरोहण गुरुकुल बन्द भइसकेका छन् । यी तीनओटै नाटक घर बन्द हुनुको साझा कारण भाडाको घर/जग्गा हुनु नै हो । राजधानीमा आफ्नै जग्गा तथा घरमा सञ्चालित एक मात्र थिएटर हो सर्वनाम । यसबाहेक हाल सञ्चालनमा रहेका शिल्पी, मण्डला र कुञ्ज कसैको पनि आफ्नो घर/जग्गा छैन । प्यासले चलेको क्षेत्र नेपालको सवालमा आर्थिक रूपमा सबल नभए पनि कलाको प्यासका कारण नाट्य विधालाई अघि बढाइरहेको बताउँछन् यस क्षेत्रमा अहोरात्र खट्नेहरू । अन्य काम गरेर आफू र परिवारको जीविका धानेर आफ्नो रुचिको यस क्षेत्रलाई जीवित राखेको कलाकार, अभिनेता एवम् मण्डला थिएटरका अध्यक्ष दयाहाङ राई बताउँछन् । ‘हामीले यस क्षेत्रमा शुरूआत गर्दा नाटक खेल्न मात्रै पाए पनि हुन्थ्यो भन्ने थियो भने अहिले कलाकारलाई गाडीभाडा तथा पकेट मनीसम्म दिन सक्ने अवस्था भएको छ,’ उनी भन्छन्, ‘विस्तारै यस क्षेत्रको व्यावसायिक विकास हुँदै गएर कलाकारलाई पारिश्रमिक दिने दिन आउने आशा छ ।’ अर्का कलाकार भोलाराज सापकोटा पनि नाटकप्रतिको आफ्नो प्रेमलाई जोगाउन अन्य विविध कामबाट आयआर्जन गरिरहेको बताउँछन् । विगत २४ वर्षदेखि नाट्य विधामा रहेका उनी हाल रङ्गमञ्चको नाटकका साथै रेडियो नाटक, सडक नाटक, नाट्य विधाकै शिक्षण, चलचित्रमा अभिनय तथा नाटकसम्बन्धी कार्यशालासमेत सञ्चालन गर्दै आएका छन् । गुरुकुलको शुरुआतकालीन कलाकारसमेत रहेका सापकोटा विगतको तुलनामा अहिले नाटकप्रतिको चेतना र आकर्षण दुवै बढेको बताउँछन् । आफू नाट्यक्षेत्रमा लाग्दा अवसर र सहयोगको अभावमा धेरै दुःख पाएको सर्वनामका संस्थापक अशेष मल्लको अनुभव छ । त्यही दुःख नयाँ पुस्ताले नपाऊन् भनेर जम्मा ५ हजार रुपैयाँमा ३ महीनाको नाट्य प्रशिक्षण दिने गरेको मल्लको भनाइ छ । त्यति पनि नसक्नेका लागि छूटको व्यवस्था छ । ‘भौतिक आँखाले हेरेर यो क्षेत्र कसरी चलेको छ भन्ने देखिन्न,’ मल्ल भन्छन्, ‘हामी पैसाले होइन, सङ्कल्पले टिकेका छौं ।’

हार मानेका छैनन् थिएटर मलले नाटक मञ्चनबाहेक बालबालिकाका लागि हरेक वर्ष १५ दिने प्रशिक्षण सञ्चालन गर्दै आएको छ । ५ देखि १५ वर्षसम्मका बालबालिकाका लागि आयोजना हुने उक्त प्रशिक्षण योपटक चौथो वर्ष पनि आयोजनाको तरखरमा छ । आफ्नो थिएटर नभए पनि नियमित शृङ्खलाअन्तर्गतको उक्त प्रशिक्षण नरोकिने थिएटर मलका कला निर्देशक केदार श्रेष्ठ बताउँछन् । आफूहरू उपत्यकाभित्र उपयुक्त स्थान खोजिरहेकाले ढिलो/चाँडो थिएटर मल पुनः सञ्चालनमा आउनाले उनको भनाइ छ । थिएटर भिलेज पनि उपयुक्त ठाउँको खोजीमै छ । ६ वर्षअघि बन्द भएको आरोहण गुरुकुलले यसबीचमा अन्य नाटक घर भाडामा लिएर केही नाटक प्रदर्शन ग¥यो । हाल गुरुकुल सरकारले मन्त्रिपरिषद्बाट भृकुटीमण्डपमा ५ रोपनी जग्गा उपलब्ध गराइने सम्बन्धमा गरेको निर्णय कार्यान्वयनको पर्खाइमा छ । २०६९ पुसमा जग्गा उपलब्ध गराउने सम्झौता पनि जग्गाको चार किल्ला निर्धारण नगरिएको कारण काम अघि बढ्न नसकेको आरोहणका महासचिव वसन्त भट्ट बताउँछन् । यदि सरकारले जग्गा नदिने भन्ने हो भने पनि सोहीअनुसार योजना बनाउन सजिलो हुने भट्टको भनाइ छ । गुरुकुलले विराटनगरमा स्थापना गरेको सुशीला कोइराला नाटक घरमा भने नाटकको चहलपहल बढ्न थालेको छ । सोही स्थानमा भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले ५ सय जना अट्ने अर्को नाटक घरको निर्माण पनि अघि बढाएको छ । सहयोगको खाँचो यति बेला कम्तीमा घर/जग्गा आफ्नो हुने हो भने ढुक्कले नाटकको विकासमा काम गर्न सकिन्थ्यो भन्ने यस क्षेत्रका धेरैको बुझाइ छ । स्थायित्वको एउटा आधार घर÷जग्गा भए पनि स्थान र कलाकारलाई दिनेबाहेक नै पनि एउटा नाटकको प्रडक्शनमा कम्तीमा २ देखि ३ लाख रुपैयाँ लाग्ने थिएटर मलका श्रेष्ठ बताउँछन् । कलाकारलाई दिने पारिश्रमिक अर्को महŒवपूर्ण पक्ष हो । यसले गर्दा भरोसायुक्त लगानीको आधार नभएसम्म नाटकको श्रीवृद्धि गाह्रो छ । हाल सञ्चालनमा रहेका नाटक घरहरूसँग २ सय देखि ३ सय जनाको मात्रै सीट क्षमता छ । एकपटकमा एक स्थानमा मात्रै प्रदर्शन गर्न सकिने विशेषता भएको नाटकको प्रदर्शन जति धेरै दर्शकका माझ गर्न सकियो, उति बढी मुनाफा हुन्छ । त्यसैगरी धेरै समय प्रदर्शन हुने गुणस्तरीय नाटक उत्पादन हुन सके त्यसले पनि लागत न्यूनीकरणमा सहयोग पुर्‍याउँछ । त्यसैले, नाटक घर मात्रै नभएर ठूला हलयुक्त व्यवस्थित नाटक घरको आवश्यकता छ । यो क्षेत्र व्यावसायिक हुन नसकी नाट्यकर्मीहरूले अन्य पेशाबाट जीविका धान्नुप¥यो भने नाटकको गुणस्तर वृद्धिमा पनि असर पर्छ । हरेक देशको महीमा निर्माणमा विज्ञान, उद्योग जस्तै साहित्य, सङ्गीत, कलाजस्ता पक्षको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । यो विषयलाई ध्यानमा राखेर राज्य तथा अन्य व्यावसायिक क्षेत्रले योगदान पु¥याउने हो भने चिरकालसम्म नाट्यक्षेत्र जीवित रहनेछ । यो पनि पढ्नुहोस् नेपाली रङ्गमञ्चको विकास नाट्यक्षेत्रका कलाकारलाई प्राथमिकता दिन्छु – निश्चल बस्नेत नाटकका कलाकारले चलचित्रको ट्रेण्ड परिवर्तन गरेका छन् - दयाहाङ राई नाटकले चलचित्रको अभिनयमा सुधार भयो - केकी अधिकारी फिल्मले कलाकारलाई बचाएको छ - भोलाराज सापकोटा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)