ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कारको भेण्डिङ मेशिन !

Mar 27, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

चिनियाँ इ–कमर्श अलिपापा ग्र्रूप र अमेरिकी कार निर्माता कम्पनी फोर्डले चीनको दक्षिणी शहर क्वानचाउमा कारको भेण्डिङ मेशिन सार्वजनिक गरेका छन् । पाँच तल्ले सो मेशिनमा विभिन्न मोडलका ४२ ओटा कारहरु रहेका छन् । यसमा फोर्ड एक्सप्लोरर एसयूएचभी र मुस्ताङ लगायतका मोडल उपलब्ध रहेको बताइएको छ । अलिवावाको फ्ल्यागशीप अनलाइन शपिङ प्लेटफर्म टीमलका प्रयोगकर्ताले कुनै पनि मानव सहायताबिना १० मिनेटभित्रै सो मेशिनबाट कार खरीद गर्न सक्ने अलिपापाले बताएको छ ।

यस मेशिनबाट कार खरीद गर्न धेरै नै सजिलो रहेको कम्पनीको भनाइ छ । अलिपापाको मोबाइल एप्लिकेशन टाओवाओमा गएर आफूले खरीद गर्न चाहेको कारको मोडल छान्ने र एपमा आफ्नो अनुहार स्क्यान गर्ने, जब उनीहरु मेशिनअगाडि कार लिन आउँछन् तब त्यो मेशिनले सवारी डेलिभरी गर्नु अगाडि पहिचान सहि छ छैन भनेर हेरेर मात्र कार डेलिभरी गर्ने बताइएको छ ।

सर्वसाधारणका लागि यो भेण्डिङ् मेशिन आउँदो अप्रिल १३ गतेबाट खोलिने छ । खरीदकर्तालाई उनीहरुले कुनै पनि खरीद गर्नु अघि ३ दिनका लागि कार टेष्ट ड्राइभ गर्न दिइने बताइएको छ । यस्तै खालको मेशिन पेचिङ र हाङचाउमा पनि राखिने योजना बनाइँदै छ ।

गत वर्षको डिसेम्बरमा फोर्ड र अलिपापाबीच तीन वर्ष साझेदारी सम्झौतामा हस्ताक्षर भएको थियो । यसमा अमेरिकी कार निर्मातालाई चीनमा टीमलको माध्यमबाट प्रि–सेलदेखि टेष्ट ड्राभइ र लिजिङ विकल्पसम्म गर्न पाउने अनुमति दिएको छ । पछिल्लो समय अनलाइनबाट कार खरीद गर्ने प्रवत्ति बढ्दै गएको छ । हुण्डाई, डेम्लर बेञ्ज, बीएमडब्ल्यू र भोल्भोले केही वर्ष यता आफ्नो वेवसाइटबाट कार विक्री गर्ने प्रयोग अपनाइरहेका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)