ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कारको भेण्डिङ मेशिन !

Mar 28, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चिनियाँ ई–कमर्श अलिपापा ग्रूप र अमेरिकी कार निर्माता कम्पनी फोर्डले चीनको दक्षिणी शहर क्वानचाउमा कारको भेण्डिङ मेशिन सार्वजनिक गरेका छन् । ५ तल्ले सो मेशिनमा विभिन्न मोडलका ४२ ओटा कारहरू रहेका छन् । यसमा फोर्ड एक्स्प्लोरर एसयूभी र मुस्ताङलगायत मोडल उपलब्ध रहेको बताइएको छ । अलिपापाको फ्ल्यागशीप अनलाइन शपिङ प्लेटफर्म टीमलका प्रयोगकर्ताले कुनै पनि मानव सहायताविना १० मिनेटभित्रै सो मेशिनबाट कार खरीद गर्न सक्ने अलिपापाले बताएको छ । यस मेशिनबाट कार खरीद गर्न धेर नै सजिलो रहेको कम्पनीको भनाइ छ । अलिपापाको मोबाइल एप्लिकेशन टाओवाओमा गएर आफूले खरीद गर्न चाहेको कारको मोडल छान्ने र एपमा आफ्नो अनुहार स्क्यान गर्ने, जब उनीहरू मेशिनअगाडि कार लिन आउँछन्, तब त्यो मेशिनले सवारी डेलिभरी गर्नुअगाडि पहिचान सही छ छैन भनेर हेरेर मात्र कार डेलिभर गर्ने बताइएको छ । सर्वसाधारणका लागि यो भेण्डिङ मेशिन आगामी अप्रिल १३ गतेबाट खोलिनेछ । खरीदकर्तालाई कुनै पनि कार खरीद गर्नुअघि ३ दिनका लागि टेष्ट ड्राइभ गर्न दिइने बताइएको छ । यस्तै खालको मेशिन पेचिङ र हाङचाउमा पनि राखिने योजना बनाइँदै छ । गतवर्षको डिसेम्बरमा फोर्ड र अलिपापाबीच ३ वर्ष साझेदारी सम्झौतामा हस्ताक्षार भएको थियो । यसमा अमेरिकी कार निर्मातालाई चीनमा टीमलको माध्यमबाट प्रि विक्रीदेखि टेष्ट ड्राइभ र लिजिङ विकल्पसम्म गर्न पाउने अनुमति दिएको छ । पछिल्लो समय अनलाइनबाट कार खरीद गर्ने प्रवत्ति बढ्दै गएको छ । हुण्डाई, डेम्लर बेञ्ज, बीएमडब्ल्यू र भोल्भोले केही वर्षयता आफ्नो वेबसाइटबाट कार विक्री गर्ने प्रयोग अपनाइरहेका छन् । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)