ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा चाउमिनपछि अब चिनियाँ राजमाको बिगबिगी

Dec 19, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

चिनियाँ उत्पादनहरुको थेगिनसक्नुको बाढीले दिक्क भइरहेको भारत सरकारको टाउकोदुखाइ थप बढ्ने देखिएको छ । किनभने, भारतीय उपभोक्ताले अब चाउमिनका साथ चीनमै उत्पादित राजमा पनि खानुपर्ने भएको छ । त्यसको प्रमुख कारण हो– भारतीय बजारमा चीनमा उत्पादित राजमा (रातो सिमी)को बाक्लो प्रवेश । भारतका किसान अत्यधिक प्रतिस्पर्धाका कारण राजमाको सट्टा मकै, भटमास र बेसार खेतीतर्फ लागेपछि अब भारतीय बजारमा चिनियाँ राजमाको प्रवेश बाक्लो देखिन थालेको छ । स्वदेशी र विदेशी कमोडिटिज बजारमा उच्च परिमाणमा व्यापार हुने मकै, भटमास र बेसारको माग व्यापक बन्न थालेपछि भारतीय कृषक राम्रो आम्दानी हासिल गर्ने आशा गर्दै आफ्ना खेतमा राजमा रोप्न छाडिरहेका छन् ।

भारतीय दलहन उत्पादकहरुको छाता सङ्गठनले गरेको एक अनुमानमा देशभरिका बजारमा उपलब्धमध्ये चीनमा उत्पादित राजमाले ९० प्रतिशत हिस्सा ओगटिसकेको छ । ‘चीन विश्वकै सबैभन्दा ठूलो राजमा उत्पादक बन्न थालेको छ,’ सङ्गठनका अध्यक्ष प्रवीण डोङ्गरेले भने । विशेषगरी चीनका डालियान र तिआनजिन राज्यमा उत्पादित राजमा सस्तो र गुणस्तरयुक्त रहेकाले त्यसले बजार पिट्न थालेको उनको भनाइ थियो । त्यसैगरी जम्मु राज्यका एक दलहन व्यापारी राकेश गुप्ताले पनि चिनियाँ राजमाको प्रवेशद्वारका रुपमा आफ्नो राज्य हुन पुगेको बताए । उनका अनुसार भारतमा भित्रिने चिनियाँ राजमा जम्मु हुँदै देशभरिका बजारमा आपूर्ति हुने गर्दछ । भारतका जम्मु–काश्मिरका साथै महाराष्ट्र र आन्ध्र प्रदेश राज्यलाई राजमा उत्पादनको परम्परागत केन्द्र मानिन्छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)