चैत १६, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवि भण्डारीले दोस्रो कार्यकालका लागि लिएको सपथ सम्बन्धी कागजात मागेको छ ।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले राष्ट्रपतिको कार्यालय, न्याय परिषद् र संवैधानिक परिषद्बाट उक्त कागजात मगाएको हो । अवकासप्राप्त प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिनु संविधान विपरित भएको भन्दै अधिवक्ता हेममणि सुवेदीलगायतले सर्वोच्चमा दायर गरेका थिए । उक्त रिटमाथि शुक्रवारको प्रारम्भिक इजलासले आवश्यक कागजात मगाएको हो ।