ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दानी जुकरवर्ग

Dec 20, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सञ्चारलाई नयाँ ढङ्गले परिभाषित गर्ने लोकप्रिय सामाजिक सञ्जाल साइट फेसबूकका संस्थापक मार्क जुकरवर्ग एक सफल उद्यमीमात्र नभई कोमल हृदयका दानी व्यक्तिका रुपमा पनि उदाएका छन् । उनले सामाजिक कार्यका लागि ५० करोड डलरको चन्दा दिएका छन् । फेसबूक इङ्कका अध्यक्ष तथा कार्यकारी प्रमुख रहेका उनले आफ्नो स्वामित्वका कम्पनीका ५० करोड डलरबराबरको शेयर क्यालिफोर्नियास्थित सिलिकन भ्याली कम्युनिटी फाउण्डेशन नामक एक गैरनाफामूलक संस्थालाई प्रदान गरेका हुन् । आफ्नो फेसबूक वालमा मङ्गलवार एक घोषणा गर्दै जुकरवर्गले उनी र उनकी पत्नी प्रिसिल्ला चानले फाउण्डेशनलाई पहिले गरेको वाचाअनुरुप सहयोग गरेको बताएका छन् ।

उनले अमेरिकी अर्बपतिद्वय वारेन बफेट र बिल गेट्सले सामाजिक र मानवीय कार्यका लागि धनाढ्यहरुलाई संलग्न गराउँदै शुरु गरेको ‘गिभिङ प्लेड्ज’ कार्यक्रमअन्तर्गत सो वाचा गरेको जानकारी दिएका छन् । ‘फाउण्डेशनले शुरु गर्न लागेको नयाँ परियोजनाहरुको आधार बनाउन हामी (म र मेरी पत्नी)ले फेसबूक इङ्कका १ करोड ८० लाख कित्ता शेयर योगदान गरेका छौं,’ जुकरवर्गले आफ्नो वालमा लेखेका छन् । मङ्गलवार वालष्ट्रीट बन्द हुँदा फेसबूक इङ्कका प्रतिशेयर मूल्य २७ डलर ७१ सेण्ट कायम भएको थियो, जसअनुसार उनले संस्थालाई प्रदान गरेको शेयरको मूल्य ४९ करोड ८० लाख डलर हुन जान्छ ।

सिलिकन भ्याली कम्युनिटी फाउण्डेशनलाई दिइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो चन्दा हो । फाउण्डेशनले अमेरिकालगायत विश्वका थुप्रै देशमा गरीबहरुलाई सहयोग गर्नुका साथै विभिन्न सामुदायिक कार्य गर्दै आएको छ । फाउण्डेशनले आफूलाई दिइएको रकम अथवा सम्पत्ति चन्दा दिने दाताहरुको इच्छाबमोजिम नै विभिन्न क्षेत्रमा खर्च गर्ने गर्छ ।

मार्क जुकरवर्गले आफ्नो सम्पत्तिबाट दिएको यो उल्लेखनीय आकारको चन्दा पहिलो भने होइन । सन् २०१० मा पनि उनले न्यूजर्सी राज्यको न्यूयोर्क शहरमा सार्वजनिक शिक्षा प्रणालीलाई सुदृढ बनाउन फेसबूक इङ्कमा रहेको आफ्नो १० करोड डलरबराबरको शेयर सहयोगस्वरुप दिएका थिए । पछिल्लो चन्दापछि जुकरवर्गले आगामी दिनमा सार्वजनिक स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा थप योगदान गर्ने योजना बजाएको जानकारी दिएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)