ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनी : २१% ले बढ्यो बीमाशुल्क

Apr 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । चालू आर्थिक वर्ष (आव)को माघ महीनामा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन २० दशमलव ८७ प्रतिशतले बढेको छ । बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । पुस महीनामा त्यस्तो वृद्धिदर १७ दशमलव ७९ प्रतिशत थियो, जुन मङ्सिरको तुलनामा करिब ८ प्रतिशत विन्दु कम हो । पुसमा खुम्चिएको बीमाशुल्क वृद्धिदर माघमा भने बढ्न सफल भएको छ । तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेको १८ जिवन बीमा कम्पनीहरुले माघसम्म रू. २४ अर्ब ३८ करोड ३६ लाख बीमाशुल्क आर्जन गरेका छन् । उक्त रकम वैदेशिक रोजगारलगायत जीवन बीमालेखबाट प्राप्त भएको हो । वैदेशिक रोजगार बीमाबाट रू. १ अर्ब ६३ करोड ४१ लाख र अन्य जीवन बीमाबाट रू. २२ अर्ब ७४ करोड ९४ लाख रकम प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । बीमाको पहुँच र साक्षरता विकास भएसँगै बीमाशुल्क आर्जन पनि बढेको समितिले बताएको छ । समितिले नयाँ जीवन बीमा कम्पनीहरू थपिएपछि बजारमा प्रतिस्पर्धा बढेको हुनाले बीमाक्षेत्रको विकास हुँदै गएको जानकारी दिएको छ । यसले बीमा कम्पनीहरूलाई थप हौसला मिलेको समितिको भनाइ छ ।

यस्तै, माघ महीनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रू. ८ अर्ब ३४ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम सानिमा लाइफ इन्स्योरेन्सले रू.२७ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । मानिसलाई भविष्यमा हुने कुनै भवितव्य घटनामा पैसाको अभावले समस्या नआओस् भनेर व्यक्तिगत रूपमा जीवन बीमा गर्ने गरिन्छ । करार गर्दाको सम्झौताअनुसार बीमितले किस्ताबन्दीमा कुनै खास रकम बीमा कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । यदि तोकिएको समय अवधिभित्र निजको मृत्यु भएमा निजको हकवालाले बीमाङ्क र बोनस रकम पाउनेछ । यदि तोकिएको अवधिभित्र निजको मृत्यु भएन भने स्वयम् बीमितले नै उक्त रकम प्राप्त गर्न सक्नेछ । अहिले नेपालमा १८ जीवन बीमा कम्पनीहरूले यस्तो सेवा दिँदै आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)