ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आलुमाथि वाई–फाईको परीक्षण

Dec 24, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

प्रयोगकर्ताहरुलाई लक्षित गर्दै बनाइएका सूचनाप्रविधि उत्पादनहरुको परीक्षण प्रायः मानिसहरुमा नै गरिन्छ । तर, अमेरिकी जेट निर्माता बोइङले भने उडिरहेको जहाजभित्र यात्रुहरुले द्रुत गतिको इण्टरनेट कनेक्टिभिटीका लागि प्रयोग गर्न सक्ने नयाँ प्रकारको ‘वाई–फाई’ उपकरणको सामान्य परीक्षणका लागि असामान्य रुपले आलुलाई छानेको छ । कम्पनीले दिएको जानकारीअनुसार केही दिनअघि गरिएको ‘इन–फ्लाइट वाई–फाई’ प्रणालीको परीक्षणमा आलुले भरिएको एक ठूलो धोक्रो प्रयोग गरिएको थियो । कम्पनीले यसका लागि उडिरहेको एक खाली विमानको यात्रु बस्ने सीटमा आलुका बोराहरु राखेको र त्यसमार्फत वाई–फाईका सिग्नलहरुको शक्ति परीक्षण गरेको बताएको छ । ती बोरा ९ हजार किलोग्राम आलुले भरिएका थिए ।

अझ यसमा रमाइलो कुरा त के छ भने बोरामा राखिएका ती आलुले वाई–फाईका विद्युतीय सिग्नलहरुसँग मानव शरीरले गर्ने गरेकैजस्तो अन्तरक्रिया गरेको अनुसन्धानकर्ताहरुले जानकारी दिएका छन् । उक्त परीक्षण केही दिनसम्म लगातार गरिएको र अपेक्षा गरिएअनुरुपकै लक्ष्य हासिल भएको बोइङले उल्लेख गरेको छ । इञ्जिनीयरहरुले उडानको क्रममा सक्रिय हुने विमानको आन्तरिक विद्युतीय प्रणालीका सिग्नलहरुले आलुमाथि परीक्षण गरिएको वाई–फाई फ्रिक्वेन्सीलाई कुनै असर नपुर्‍याएको बताएका छन् । यसबाट यात्रुहरुले उडानको क्रममा सबैभन्दा दु्रत गतिको इण्टरनेट सिग्नल कसरी हासिल गर्न सक्छन् भनेर विभिन्न जानकारी थाहा पाइएको उनीहरुको भनाइ छ ।

यो सफल प्रयोगले आलु उत्पादकहरुलाई पनि हौस्याएको छ । बेलायती आलु उत्पादक कृषकको छाता सङ्गठन द यूके पोटाटो काउन्सिलले मानिसहरुले आलुका वैकल्पिक प्रयोगलाई सधैँ न्यून आँकलन गर्ने गरेकोमा यो परीक्षणले सम्भावनाका नयाँ ढोका खोलेको जिकीर गरेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)