ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जाने हैन त अन्तरिक्षको लक्जरी होटलमा ?

Apr 10, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

के तपाई एकै दिन १६ ओटा सूर्योदय हेर्न चाहनुहुन्छ ? शून्य गुरुत्वाकर्षणमा तैरिन चाहनुहुन्छ ? अनि अन्तरिक्षबाट आप्mनो गृहग्रहलाई नियाल्न चाहनुहुन्छ ? तपाईको यस्तो सपना अब साकार हुँदैछ, त्यो पनि चार वर्षभित्रै । तर यसका लागि सानोतिनो रकमले पुग्दैन । करीब १ अर्ब रुपैयाँ (९५ लाख डलर) जुटाउनुपर्ने हुन्छ । बिहीवार अमेरिकाको क्यालिफोनिर्या स्थित सान जोजमा आयोजित स्पेश २.० शिखर सम्मेलनमा अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ओरियन स्पानले अन्तरिक्षमा अत्याधुनिक सुविधा सम्पन्न होटल बनाउने घोषणा गरेको छ ।

औरोरा स्टेशन नामक यो होटल विश्वकै पहिलो लक्जरी अन्तरिक्ष होटल हुने बताइएको छ । फाइभ स्टार होटलमा हुने सबै सुविधा यो होटलमा पाइनेछ । होटल पृथ्विको कक्षभन्दा २ सय मिल (३ सय २१ किमि) माथि हुनेछ । ४३ दशमलव ५ फिट लम्बाई र १४ दशमलव १ फिट चौडाईको यो होटल हेर्दा प्राइभेट जेट आकारको हुनेछ । यस होटलमा तीब्र गतिको वायरलेस इन्टरनेट पनि हुनेछ । यसबाट लाइभ च्याट पनि गर्न सकिनेछ ।

होटलमा एक पटकमा २ जना क्रु मेम्बर सहित जम्मा ६ जना मात्रै बस्ने ठाउँ हुनेछ । होटलमा जान, बस्न र फर्केर पुनः आउन १२ दिनको प्याकेज हुनेछ । यस होटलले हरेक ९० मिनेटमा पृथ्विको परिक्रमा गर्दछ । यसको अर्थ यस होटलमा बस्ने पाहुनाहरुले २४ घण्टामा १६ पटक सूर्योदय र सूर्यास्त देख्न सक्नेछन् । कम्पनीले सन् २०२२ मा पहिलो चरणमा अतिथिहरुलाई अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

‘सबैका लागि अन्तरिक्ष सुलभ बनाउनु नै हाम्रो उद्देश्य हो,’ ओरियन स्पेशका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत फ्याङ्क बङ्गरले एक विज्ञप्तिमा भने । लञ्च हुने बित्तिकै औरोरा स्टेशनले सेवा दिने र यस अघि सुन्न र हेर्नमा आएकोभन्दा निकै सस्तो मूल्यमा छिट्टो सेवा दिने दाबी बङ्गरले गरेका छन् । अन्तरिक्षमा जानुभन्दा अगाडि यात्रुहरुले तीन महीनाको ओरियन स्पेश एस्ट्रोनट सर्टिफिकेशन (ओएसएसी) तालिम लिनु पर्नेछ । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)