ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा आशलाग्दो सुधार

Apr 13, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
राजनीतिक स्थायित्व र मुलुक सङ्घीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली पर्यटन बजारमा आश लाग्दो सुधार देखिएको छ । पर्यटन क्षेत्रमा लगानी बढ्दो छ भने अहिले नै पर्यटकको आगमनमा ४० प्रतिशत वृद्धि भएको व्यवसायीको अनुमान छ । पछिल्ला गतिविधिले नेपालको छवि अन्तरराष्ट्रिय बजारमा सकारात्मक गइरहेकाले पनि पर्यटकहरू आउने क्रम बढ्दै गएको छ । हाल देखिएको पर्यटकको चापले अघिल्लो वर्षको भन्दा आगामी वर्ष पर्यटक सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अनुमान छ । सन् २०१७ मा करीब साढे ९ लाख पर्यटक, सन् २०२० सम्म १५ लाख पर्यटक भिœयाउने लक्ष्य लिइएको छ भने त्यो लक्ष्य पूरा गर्ने दिशामा सरकारसमेत क्रियाशील देखिनुले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको हो । सन २०१७ मा नेपाल आएका मुख्य ५ देशका पर्यटक पूर्वाधार विकासमा लक्ष्यअनुरूप काम नभए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा गौतम बुद्ध क्षेत्रीय विमानस्थलको काम २०७४ सम्म ३५ प्रतिशत पूरा भएको छ भने भने अहिले निर्माणको काममा गति बढेको छ । यस्तै, अर्को वैकल्पिक विमानस्थलको रूपमा अगाडि सारिएको पोखरा विमानस्थलको काम सुचारु हुनु तथा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका विषयमा कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्ल्यू)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) प्रतिवेदन स्वीकार गर्दै अध्ययन अगाडि बढाउने कार्यलाई पूर्वाधार विकासमा सकारात्मक पहल मान्न सकिन्छ । पूर्वाधारको विकाससँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँगै निजीक्षेत्रका विमान कम्पनीहरूले नयाँ विमान खरीद गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्ने काममा यो वर्ष एक खालको प्रतिस्पर्धा नै देखियो । नेपाल आइकाओको गम्भीर सुरक्षा चासोबाट हटे पनि यूरोपियन युनियनको कालो सूचीबाट हट्न सकेन । यता बङ्गलादेशको यूएस बङ्गलाको विमान काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा र ५२ जना यात्रुको ज्यान गएको विषय भने यो वर्ष नेपाली उड्डयन इतिहासमा नराम्रो घटनाको रूपमा रहन गयो । होटलमा बढ्दो लगानी, स्टार होटल खुल्दै २०७४ मा नेपालका ठूला व्यापारिक घराना र अन्तरराष्ट्रिय चेन कम्पनीहरूले होटलमा अर्बौं लगानी गर्न तयार देखिए । यसले नेपालमा होटल उद्योगमा ठूलो लगानी भिœयाएको छ भने रोजगारीका अवसर सृजना गर्दै छ । यो वर्ष नेपालमा केही अन्तरराष्ट्रिय चेन होटलले सेवा शुरू गरेका छन् भने क्षेत्रीय रूपमा समेत स्वदेशी लगानीमा धेरै होटलहरू सञ्चालनमा आएका छन् । २०७४ होटल व्यवसायमा लगानी भिœयाउने वर्षको रूपमा देखिएको छ । होटल एशोसिएशन नेपाल (हान)को प्रारम्भिक तथ्याङ्कअनुसार नेपालमा अहिले रू. ६ खर्बभन्दा बढी होटल क्षेत्रमा लगानी भएको छ । यो लगानी क्रमशः बढ्दै गइरहेको छ । पर्यटन विभागका अनुसार ११ ओटा पाँचतारे, ७ ओटा चारतारे र ११ ओटा तीनतारे गरी २९ ओटा नयाँ होटल खुल्दै छन् । सरकारले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेर यसबाटै आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने बताइरहेको र निजीक्षेत्रसमेत पर्यटन व्यवसायमा लगानी बढाउन उत्साहित हुनुले नेपालमा पर्यटनको सम्भावना व्यापक रहेको देखाएको छ । सङ्घीयता कार्यान्वयन भएसँगै क्षेत्रीय स्तरमा होटलका साथै अन्य पर्यटकीय गतिविधि बढिरहेका छन् । यसलाई पर्यटन क्षेत्रको मात्र नभई देशको समग्र अर्थतन्त्रको लागि सुखद शुरुआत मान्न सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)