ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०७४ सालमा १० करोड ६९ लाख साधारण शेयर निष्कासित

Apr 13, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० करोड ६९ लाख ३६ हजार साधारण शेयर निष्कासन गर्न अनुमति दिएको छ । स्वीकृति पाएका १५ कम्पनीमध्ये नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र शुभम पावरले आईपीओ निष्कासन गर्न बाँकी रहेको छ । बाँकी सबै कम्पनीले सर्वसाधारण शेयर जारी गरिसकेका छन् । १५ कम्पनीमध्ये ३ कम्पनी, नेपाल ग्रामीण विकास बैङ्क, प्रिमियर इन्स्योरेन्स कम्पनी र बुटवल पावर कम्पनीले एफपीओ निष्कासन गरेका हुन् । बाँकी सात हाइड्रोपावर कम्पनी र पाँच लघुवित्त कम्पनी रहेका छन् । नेपाल सेवा लघुवित्तले चैत २० गते, सामुदायिक लघुवित्त कम्पनीले पुस ११ गते, जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र शुभम पावरले चैत २८ गते सेबोनबाट स्वीकृति पाएका छन् । सामुदायिक लघुवित्त कम्पनीको वित्तीय अवस्था कमजोर रहेकाले राष्ट्र बैङ्कले आईपीओ स्थगित गरेको थियो । २०७५ मा साधारण शेयर निष्कासन गर्ने तयारीमा १६ कम्पनी
  • ५ करोड ४९ लाख शेयर पाइपलाइनमा
  • सबैभन्दा बढी जलविद्युत् कम्पनी
२०७५ सालमा १६ कम्पनीले ५ करोड ४९ लाख ४३ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएका छन् । १६ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, एक लघुवित्त, एक बैङ्क र एक उत्पादन क्षेत्र रहेका छन् । स्थानीय बासिन्दाका लागि स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने कम्पनीमध्ये माउण्टेन हाइडेल नेपाल, गर्जाङ उपत्यका हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, लापिङ बुद्ध पावर, युनिक हाइडेल कम्पनी, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनी रहेका छन् । स्थानीय र सर्वसाधारण अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भने स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता गरी कुल २ करोड ६४ लाख ७५ हजार आईपीओ निष्कासन गर्नेछ । त्यसैगरी, शिवम सिमेण्ट पनि स्थानीय र सर्वसाधारणका लागि आईपीओे निष्कासन गर्ने तयारीमा रहेको छ । यस कम्पनीले स्थानीय बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता र सर्वसाधारणका लागि ४४ लाख गरी कुल ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सर्वसाधारणका लागि मात्र सर्वसाधारणका लागि मात्र आईपीओ निष्कासन गर्ने कम्पनी मैलुङ खोला जलविद्युत् कम्पनी र सीईडीबी हाइड्रो फण्ड रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी रहेका छन् । साथै १८ कम्पनीमध्ये एनएमबी बैङ्कले थप साधारण शेयर (एफपीओ) निष्कासन गर्न निवेदन दिएको छ । बैङ्कले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निष्कासन गर्न निवेदन दिएको हो । नाडेप लघुवित्त वित्तीय संस्थाले ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)