ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०७४ मा पूँजीबजार सुधारको पहल र प्रभाव

Apr 13, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
पूँजीबजार सुधारका लागि यस वर्ष धेरै पहलहरू भएका छन् । यस वर्ष अघिल्लो वर्ष नै जारी भएको आस्बा प्रणालीलाई अनिवार्य गरियो । फलस्वरूप लगानीकर्ताले लामो समय लाइन बसेर शेयर फाराम बुझाउनुपर्ने झन्झटबाट मुक्ति पाए । आस्बालाई अझ व्यवस्थित बनाउन सीडीएससीले तयार गरेको केन्द्रीकृत विद्युतीय प्रणाली सी–आस्बा पनि कार्यान्वयन भएको छ । यसले धितोपत्र बाँडफाँट छोटो समयमै गर्न सहज भएको छ । यस प्रणालीको शुरुआतसँगै पहिलोपटक आरम्भ माइक्रोफाइनान्सले विक्री बन्द भएको ३७ घण्टामै आईपीओ बाँडफाँट गरेको छ । पूँजीबजारमा प्रविधिको विकासले अहिले लगानीकर्ताले मेरो शेयरमार्फत घरमै बसेर आईपीओ, एफपीओ र हकप्रद भर्न सक्ने व्यवस्था भएको छ । आफ्नो हितग्राही खाताको सम्पूर्ण विवरण मेरो शेयरमार्फत हेर्न सकिन्छ । यस वर्ष जारी भएको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा खरीद आवेदन दिने सबै आवेदकलाई अनिवार्य १० कित्ता वितरण गर्नुपर्ने नीति लिइएको छ । यसले साना लगानीकर्तालाई पनि पूँजीबजारमा प्रवेश गर्न सहज भएको छ । पूँजीबजार सुधारका लागि यस वर्ष धितोपत्र बोर्डद्वारा गरिएका मुख्य कार्य : १. सार्वजनिक निष्कासनमा आस्बा प्रणाली अनिवार्य २. धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ जारी । ३. साविकको धितोपत्र व्यवसायी (मर्चेण्ट बैङ्कर) नियमावली, २०६४ मा संशोधन ४. हितग्राही खाता सञ्चालन सम्बन्धमा निक्षेप सदस्यलाई निर्देशन ५. धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेण्ट बैङ्कर) सुपरीवेक्षण दिग्दर्शन, २०७४ लागू ः ६. मार्जिन कारोबारसम्बन्धी नीतिगत व्यवस्था ७. धितोपत्रको हकप्रद निष्कासनमा नयाँ व्यवस्था ८. धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा सी–आस्बा प्रणाली लागू ९. नियम परिपालना प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने व्यवस्था १०. वस्तु विनिमय बजार कमोडिटिज एक्सचेञ्ज नियमावली लागू ११. सङ्गठित संस्थाको धितोपत्रको सार्वजनिक निष्कासनमा थप व्यवस्था १२. नयाँ क्रेडिट रेटिङ संस्थालाई सञ्चालन अनुमति प्रदान पूँजीबजारमा परेको प्रभाव पूँजीबजार सुधारका यी पहलहरू प्राथमिक बजार व्यवस्थापनका लागि प्रभावकारी भए पनि दोस्रो बजारमा भने खासै प्रभाव परेको देखिएन । प्राथमिक बजारमा नयाँ प्रविधिहरू भित्रिए पनि दोस्रो बजार प्रविधिमैत्री बन्न सकेन । दोस्रो बजारमा यस वर्ष अनलाइन प्रविधि भित्र्याउने भनिए पनि अर्को वर्ष मात्र परीक्षण शुरू गर्ने तयारी भएको छ । यो वर्षको शुरुआतमा पूँजीबजारले लगानीकर्तामा केही खुशीको माहोल देखाए पनि त्यसले निरन्तरता भने पाएन । बजारमा बैङ्क तथा वित्तीय संस्थासँगै बीमा कम्पनीहरूले पूँजीवृद्विका लागि बोनस र हकप्रद वितरण गरी शेयर आपूर्ति बढाए । तर, आपूर्तिअनुसार शेयरको माग कम हुनाले नेप्से बढ्न सकेन । अर्थ मन्त्रालयले चैत १६ गते जारी गरेको श्वेतपत्रमा पूँजीबजारको यथार्थ चित्रण गरे पनि समस्या समाधानको बाटो पहिल्याउन नसकेको लगानीकर्ताको ठम्याइ छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटमा पूँजीबजार सुधारका कार्यक्रम समावेश हुने लगानीकर्ताको अपेक्षा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)