ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन महीनामा हवाई मार्गबाट २ लाख, स्थलमार्गबाट ७० हजार पर्यटकको आगमन

Apr 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
वैशाख २, काठमाडौं । सन् २०१८ को पहिलो ३ महीनामा करीब ३ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ को पहिलो ३ महीनामा हवाई मार्गबाट २ लाख १६ हजार ८ सय ६६ र स्थलमार्ग भएर ६९ हजार ८ सय ६६ जना पर्यटक नेपाल आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ । यो सङ्ख्या सन् २०१७ को यही अवधिको तुलनामा करीब ३३ हजारले बढी हो । विभागका अनुसार सन् २०१८ को जनवरीमा हवाईमार्गबाट ५७ हजार ५ सय ५५, फेब्रुअरीमा ६६ हजार १ सय ८५ र मार्चमा ९३ हजार २ सय ५८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, स्थलमार्गअन्तर्गत कञ्चनपुरबाट ७ सय २७, कैलालीबाट नौजना, रसुवाबाट २ हजार ७ सय ८४ जना, रूपन्देहीबाट ६४ हजार ३ सय २८ जना, बाँकेबाट १ सय ५२ र झापाबाट १ हजार ८ सय ६६ जना गरी ६९ हजार ८ सय ६६ जना पर्यटक नेपाल आएका छन् । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक रूपन्देहीको बेलहिया नाकाबाट आएका छन् भने सबैभन्दा कम कैलालीबाट पाँच जना मात्र आएको अध्यागमन कार्यालयका अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । सन् २०१७ मा झण्डै १० लाख पर्यटकले नेपाल भ्रमण गरेकोमा गतवर्ष यो अवधिमा २ लाख ५३ हजार ९ सय ८४ जनाले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ को पहिलो ३ महीनामै करीब ३ लाख पर्यटकले नेपाल भ्रमण गर्नु सकारात्मक रहेको पर्यटन व्यवसायीको धारणा छ । २०७४ साल नेपाली पर्यटनको क्षेत्रमा नयाँ उत्साहको वर्ष बनेको र पर्यटन विकासका लागि सरकार र निजीक्षेत्र मिलेर अघि बढ्नुपर्ने पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा बताउँछन् । उनी सन् २०२० सम्ममा नेपालका दुई छिमेकी मुलुकमध्ये चीनबाट २० करोड र भारतबाट ५ करोड गरी २५ करोड मानिस पर्यटकको रूपमा विश्व भ्रमणमा निस्किने हुँदा यी दुई मुलुकका पर्यटकलाई मात्रै आकर्षित गर्न सके नेपालमा पर्यटक सङ्ख्याको कुनै कमी नहुने बताउँछन् । सन् २०१८ को पहिलो ३ महीनामा त्रिभुवन विमानस्थलबाट आएका पर्यटकको सङ्ख्या                                                                                                                                    स्रोत : अध्यागमन विभाग विभागका अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । ३ महीनामा चीनबाट र भारतबाट ४०÷४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । स्थलमार्गबाट आउने चिनियाँको रेकर्ड भए पनि भारतीयको भने रेकर्ड छैन । सीमावर्ती क्षेत्रबाट भारतीयको समेत ठूलो सङ्ख्यामा पर्यटक नेपाल आउने गर्छन् । सन् २०१८ मा पूर्वाधार विकासका केही काम जारी रहे पनि राजनीतिक वातावरण सहज बन्दै गएकाले पर्यटक आगमन बढ्ने व्यवसायी बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)