ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : सृजित दायित्वभन्दा बजेट सिलिङ कम

Apr 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाहरू निर्माणका लागि स्वीकृति दिए पनि बजेट तथा स्रोत व्यवस्थापन नगर्दा अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दायित्व भुक्तानी उच्च देखिएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई उपलब्ध गराएको बजेट सिलिङभन्दा दायित्व उच्च देखिएको हो । मन्त्रालयले आगामी आवका लागि आयोगबाट रू. ८६ अर्ब ९७ करोड ३० लाख बजेट सिलिङ पाएको छ । त्यसमध्ये सङ्घ अर्थात् मन्त्रालयअन्तर्गत रू. ७१ अर्ब ९८ करोड र प्रदेशअन्तर्गत रू. १४ अर्ब ९८ करोड रहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले बताए । मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ नै अपर्याप्त रहेको बताए । ‘अहिले हामीलाई निर्माणाधीन आयोजनाहरूको दायित्व भुक्तानीका लागि नै बजेट अपुग रहेको छ,’ उनले भने, ‘रू. २ खर्ब ८५ अर्ब दायित्व भएकोमा अहिले केही मात्रामा घटेको छ ।’ उनले ठेकेदारहरूले क्षतिपूर्तिसहितको दायित्व माग गरेमा थप रकम लाग्न सक्ने पनि बताए । यस्तै, बहुवर्षीय आयोजनाहरूको हस्तान्तरणमा पनि समस्या रहेको उनको भनाइ छ । आयोजनाहरूको निर्माण निर्धारित समयमै नहुँदा लागत बढेर राज्यलाई बढी आर्थिक भार पर्ने स्थिति रहेको विभागका सहप्रवक्ता रमेश सिंहले बताए । उनका अनुसार विभागअन्तर्गतका मुख्य बहुवर्षीय आयोजनाको दायित्व रू. १ खर्ब ८४ अर्ब रहेको छ । विभागका अनुसार मुख्य ६ शीर्षकमा रहेका बहुवर्षीय ठेक्कामा केही काम सम्पन्न भए पनि अधिकांश निर्माणाधीन अवस्थामा रहेकाले तत्कालै रू. १ खर्ब ३४ अर्ब आवश्यक पर्ने देखिएको छ । विभागका अनुसार सबैभन्दा बढी दायित्व स्थानीय तहमा हस्तान्तरण भएका स्थानीय पुलमा बढी देखिएको छ । ती बहुवर्षीय ठेक्कामा गएका स्थानीय पुलमा रू. ४८ अर्ब दायित्व रहेको छ भने गल्छी–स्याफ्रुबेंशी सडकमा रू. ३ अर्ब दायित्व रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)