ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जासम्बन्धी पाँचौं नेपाल–भारत बैठक जारी : पीटीएको विषय टुङ्गो लाग्ने आशा

Apr 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । ऊर्जासम्बन्धी नेपाल–भारत दुई देशीय पाँचौं बैठक भारतको नयाँ दिल्लीमा शुरू भएको छ । बैठकको पहिलो दिन सोमवार नेपाल–भारत संयुक्त कार्य समूह (जेडब्ल्यूजी)को बैठक सम्पन्न भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोली र भारतीय समकक्षी पावर मिनिष्ट्री अफ इण्डियाकी ज्वाइण्ट सेक्रेटरी श्रीमती भारती नेतृत्वको टोलीबीच उक्त बैठक सम्पन्न भएको हो । बैठकमा विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन तथा इनर्जी बैङ्किङका विषयमा छलफल भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । मङ्गलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय नेतृत्वको नेपाली टोली र भारतीय समकक्षीबीच संयुक्त निर्देशन समिति (जेएससी)को बैठक हुनेछ । गत पुसको पहिलो साता बस्ने तय भएका यी दुवै बैठक नेपालले भारतबाट आयात गरिरहेको विद्युत्को मूल्यवृद्धि हुने विषयमा कुरा नमिल्दा स्थगित भएको थियो । तत्कालीन ऊर्जामन्त्री कमल थापाले विद्युत्को मूल्यवृद्धिको अपजश आफ्नो कार्यकालमा नजोडियोस् भन्ने मनसाय राखेपछि बैठक हुन नसकेको हो । त्यसअघि पनि मङ्सिरमा तय भएको बैठक सरेको थियो । यसअघिको बैठक २०७३ को फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । उक्त बैठकले तय गरेका विषयमध्ये आधा अझै अन्योलमा छन् । बैठकले निर्णय गरेकामध्ये ढल्केवर–मुजफ्फरपुर प्रसारणलाइन ४ सय केभीमा स्तरोन्नति भएको छ । त्यसैगरी १ सय ३२ केभी क्षमताका दुई प्रसारणलाइनबाट थप बिजुली ल्याउन थालिएको छ । तर, बैठकले निर्णय गरेअनुसार बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन तथा माथिल्लो कर्णाली र अरुण तेस्रोको प्रसारण प्रणाली अझै अघि बढेको छैन । ऊर्जा खरीदविक्री सम्बन्धमा सन् २०१४ मा दुई देशबीच सम्पन्न सम्झौता (पीटीए)यता यी बैठक सञ्चालन हुँदै आएका छन् । तर, पीटीए कार्यान्वयनका लागि गरिँदै आएको भनिएको बैठकले आजसम्म सो विषय टुङ्ग्याउन सकेको छैन । उल्टो भारतले ल्याएको सीमापार विद्युत् व्यापार निर्देशिकाका कारण पीटीए अन्योलमा परेको छ । यी बैठकले उक्त विषय पनि निष्कर्षमा पु¥याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताउँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)