ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इण्टरनेटको अत्यधिक प्रयोगले बालबालिका सुस्त

Dec 30, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ज्ञानको भण्डार ठानिएको इण्टरनेटमा आफ्ना बालबालिका झुम्मिएमात्रै उनीहरुले तिक्ष्ण बुद्धि हासिल गर्छन् भन्ने सोच्नुभएको छ भने सावधान ! हालै प्रविधिक्षेत्रका एक नामी विज्ञले इण्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाको मस्तिष्क बोधो बनाइरहेको चेतावनी दिएका छन् । हातले चलाएर उत्पादन हुने विद्युत्ले चल्ने ‘विण्ड–अप रेडियो’का आविष्कारकका रुपमा चिनिएका बेलायती ट्रेभोर बेयलिसले इण्टरनेटमै सबैथोक खोज्ने ‘गूगल पुस्ता’को मस्तिष्कको क्षमता समयक्रममा क्षय भइरहेको बताए ।

द डेली मेल पत्रिकासँग कुरा गर्दै ७५ वर्षका बेलियसले कम्प्युटरको स्क्रिनअघि लामो समयसम्म बस्ने बालबालिकाको सृजनात्मक र प्रयोगात्मक क्षमतामा उच्च ह्रास आइरहेको आफूले देखेको उल्लेख गरे । ‘यसबाट आगामी पुस्तामा आविष्कारकर्ताहरुको ठूलो अभाव हुने देखिन्छ,’ उनले भने । इण्टरनेटको लत लागेका बालबालिका र किशोरहरु आफैले सोचेर हातले नै आविष्कार गर्न नसक्ने हुँदा आविष्कारकर्ताहरुको ठूलो कमी हुने जोखिम रहेको बेलियसको दाबी थियो ।

यसका लागि विद्यालय तथा घरमै पनि बालबालिकालाई कम्प्युटर र मोबाइल फोनको प्रयोग गरेर कुनै समस्याको समाधान निकाल्न दिनुभन्दा उनीहरुलाई आफैले सोचेर उपायहरु पहिल्याउने वातावरण सृजना गरिनुपर्ने उनको सुझाव थियो । विद्यालयहरुमा साना बालबालिकालाई घर निर्माण प्रणालीलाई दर्शाउने ‘मेक्कानो’लगायतका केही प्रयोगात्मक खेलौनाहरु दिंदा राम्रो हुने बेलियसको भनाइ थियो । ‘उनीहरुलाई कम्प्युटरको प्रयोग गर्न त सिकाइनु आवश्यक छ तर, एक प्रकारले नियन्त्रित तवरले मात्र,’ उनको जोड थियो । त्यसैगरी स्कूले विद्यार्थीलाई गूगलजस्ता सर्च इञ्जिनको कमैमात्र प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने बेलियसले बताए । ‘साँच्चै भन्नुपर्दा इण्टरनेटको यस्तो अनियन्त्रित प्रयोगले बालबालिकाहरु पुरानो ढङ्गले कुनै पनि कार्य गर्न असक्षम हुँदा उनीहरुको मस्तिष्क भुत्ते नै हुने जोखिम प्रशस्तै रहेको मैले देखेको छु,’ उनको चेतावनी थियो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)