ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाना दान दिन सघाउने एप्लिकेशन !

Apr 23, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
भारतीय विद्यार्थीहरुले खाना दान दिन सघाउने एप्लिकेशनको विकास गरेका छन् । अब रेष्टुराँ, केटरर्स तथा अरुहरुले पनि बढी भएको खाना सजिलै यस एप्लिकेशनको माध्यमबाट जरुरत भएकाहरुलाई दान गर्न सक्ने भारतको दिल्लीस्थित इन्द्रप्रस्थ इन्सटिच्यूट अफ इन्फर्मेशन टेक्नोलोजी (आइआइआइटी) का विद्यार्थीहरुले बताएका छन् । ‘जिरो’ नाम दिइएको सो एप्सले केटरर्स/ रेष्टुराँ मालिक र केटरिङमा बढी भएको खाना वितरण गर्ने कुरामा संलग्न एनजीओहरुबीच इण्टरफेस प्रदान गरेर खाना खेर जाने प्रवृत्ति रोक्न सहयोग गर्ने यसका निर्माताहरु बताउँछन् । ‘खाना दान दिन चाहानेले एप्समा रेजिष्टर गरेर बढी भएको खाना उठाइदिने अनुरोध गर्नुपर्छ, त्यसपछि खाना वितरण गर्ने एनजीओकोमा नोटिफिकेशन जान्छ र प्रकृया अगाडि बढ्छ,’ आइआइटीका विद्यार्थी चेतना वाध्वाले बताएकी छिन् । यस्तो प्रकारको आइडिया सन् २०१८ को शुरुआतमै त्यहाँका विद्यार्थीहरुले विकास गरेका थिए । दैनिक जसो टनका टन खाद्यान्न खेर गइरहेको र कहिँ भने खान नपाएर भोकै बस्नुपर्ने बाध्यताप्रति दृष्टिगत गर्दै उनीहरुले यस्तो इण्टरफेस बनाउने योजना बनाएका हुन् । ‘हामीले केटरर्स र ढावालगायतका केही सरोकारवालाहरु, र रेष्टुराँका मालिकसँग खेर गएका खानेकुराहरुबारे र केही एनजीओ र कलेजका विद्यार्थीहरुसँग जरुरत भएकाहरुलाई खाद्यान्न वितरणबारेको चाहनासम्बन्धी अन्तर्वार्ता लिएका थियौं,’ वाध्वाले भनेकी छिन् । जिरो एप्सको अन्तिम परिक्षण बाँकी रहेको र यसलाई छिट्ट नै सार्वजनिक गरिने एप्सको विकासमा संलग्न विद्यार्थीले बताएका छन् । रासस/ पिटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)