ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन् २०१७ मा नेपालमा विप्रेषण आप्रवाह : विश्व बैङ्कको अपेक्षाभन्दा ६० करोड डलर बढी

Apr 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । सन् २०१७ मा नेपालमा अपेक्षा गरिएभन्दा बढी विप्रेषण आप्रवाह भएको छ । विश्व बैङ्कले सार्वजनिक गरेको ‘आप्रवासन र विप्रेषण : पछिल्लो विकास र परिदृश्य’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको छ । प्रतिवेदनअनुसार सन् २०१७ मा नेपालले ६ अर्ब ९० करोड डलर विप्रेषण प्राप्त गरेको छ । त्यस्तो रकम २०१७ को अक्टोबरमा बैङ्कले गरेको प्रक्षेपण ६ अर्ब ३० करोड डलरभन्दा बढी हो । सन् २०१६ मा नेपालले ६ अर्ब ३० करोड डलर विप्रेषण भित्र्याएको थियो । सन् २०१५ मा भने भूकम्पपछि विदेशमा रहेका नेपालीले बढी रकम पढाएकाले अहिलेसम्मकै धेरै ८ अर्ब १० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । भूकम्पपछि नेपालबाट श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आएसँगै विप्रेषण आप्रवाहमा पनि कमी आएको थियो । तर, २०१७ मा नेपालीको प्रमुख श्रम गन्तव्य खाडी र दक्षिण कोरियामा आधारभूत तलबमा वृद्धि भएकाले देशमा भित्रिने विप्रेषणमा पुनः सुधारको सङ्केत देखिएको छ । अघिल्ला वर्षजस्तै २०१७ मा पनि नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा सबैभन्दा धेरै विप्रेषण प्राप्त गर्ने शीर्ष पाँच देशभित्र परेको छ । यद्यपि, सन् २०१६ मा जीडीपीको अनुपातमा २९ दशमलव ७ प्रतिशत रहेको विप्रेषण २०१७ मा सीमान्त रूपमा घटेर २८ दशमलव ९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा जीडीपीको अनुपातमा सबैभन्दा धेरै विप्रेषण प्राप्त गर्ने देशको सूचीमा नेपाल विश्वमा चौथौं स्थानमा रहेको छ । अघिल्ला वर्ष भने यो दोस्रो तथा तेस्रो स्थानमा रहेको थियो । भारतमा सबैभन्दा धेरै विप्रेषण भारत दक्षिण एशियामा मात्रै होइन, विश्वमै सबैभन्दा बढी विप्रेषण भिœयाउने देश हो । सन् २०१७ मा भारतमा ६९ अर्ब डलर विप्रेषण भित्रिएको छ । अघिल्लो वर्ष भने त्यहाँ ६२ अर्ब ७० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । भारतलाई पछ्याउँदै चीन र फिलिपिन्स दोस्रो र तेस्रो धेरै विप्रेषण प्रापक देश बनेका छन् । प्रतिवेदनअनुसार समीक्षा अवधिमा चीन र फिलिपिन्समा क्रमशः ६४ अर्ब र ३३ अर्ब डलर विप्रेषण आप्रवाह भएको छ । यो सूचीमा चौथौं र पाँचौं स्थानमा रहेको मेक्सिको र नाइजेरियामा भने सन् २०१७ मा ३१ अर्ब र २२ अर्ब डलर विप्रेषण भित्रिएको छ । विप्रेषण आप्रवाहमा नेपाल दक्षिण एशियामा पाँचौं स्थानमा रहेको छ । दक्षिण एशियामा भारतपछि दोस्रो बढी विप्रेषण भिœयाउने देश पाकिस्तान हो । समीक्षा अवधिमा पाकिस्तानमा १९ अर्ब ७० करोड डलर विप्रेषण भित्रिएको छ । तेस्रो र चौथो स्थानमा रहेका बङ्गलादेश र श्रीलङ्कामा भने क्रमशः १३ अर्ब ५० करोड डलर र ७ अर्ब २० अर्ब डलर विप्रेषण आप्रवाह भएको छ । विश्वको विप्रेषण प्रवाह सुध्रियो अघिल्ला २ वर्षमा घटेको विश्वको विप्रेषण प्रवाह गतवर्ष सुध्रिएको छ । समीक्षा अवधिमा न्यून र मध्यम आय भएका देशमा जाने विप्रेषण बढेको छ । प्रतिवेदनअनुसार सन् २०१७ मा विश्वको कुल विप्रेषण वार्षिक साढे ८ प्रतिशतले बढेर ६ खर्ब ६६ अर्ब डलरमा उक्लिएको छ । सन् २०१६ र २०१५ मा भने यो रकम ६ खर्ब १३ अर्ब र ५ खर्ब ७३ अर्ब डलर थियो । यूरोप, रूस र अमेरिकी अर्थतन्त्रमा भएको वृद्धिले विप्रेषण सुध्रिएको हो । यो क्रमले सन् २०१८ र सन् २०१९ मा पनि निरन्तरता पाउने अनुमान गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)