ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपछिको पुनर्निर्माणमा रू. १ खर्बभन्दा बढी खर्च

Apr 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिका ३ वर्षमा भूकम्पबाट क्षति भएका निजी आवासदेखि अन्य भौतिक संरचनाको पुनर्निर्माणमा हालसम्म रू. १ खर्ब १५ अर्ब ४६ करोड खर्च भएको छ । भूकम्पबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका निजी आवास, सांस्कृतिक सम्पदा, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्थालगायतका संरचनाहरू निर्माण तथा मर्मतसम्भारमा उक्त रकम खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । पुनर्निर्माणका लागि भएका प्रयास पछिल्लो समयमा केही मात्रामा सक्रिय देखिए पनि ३ वर्षको अवधिमा भएको पुनर्निर्माणको कामलाई भने सकारात्मक मान्न सक्ने अवस्था छैन । भूकम्पबाट आवासविहीन भएका भूकम्पपीडितमध्ये हालसम्म जम्मा १ लाख १९ हजार १ सय ८२ ले मात्रै आफ्ना घर निर्माण गरेका छन् । निर्माणाधीन निजी आवासको सङ्ख्या ४ लाख ३० हजार ८९ रहेका कारण आगामी दिनमा आवास निर्माणको कामले गति पाउने देखिन्छ । भूकम्पबाट क्षति भएका अन्य भौतिक संरचनाको मर्मत सम्भारको काम पनि सुस्त छ । ऐतिहासिक महत्त्व तथा पर्यटकीय हिसाबमा पनि महत्त्वपूर्ण मानिएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको काम पनि निराशाजनक देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार भूकम्पबाट कुल ७ सय ५३ सम्पदामा क्षति पुगे पनि हालसम्म १ सय सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवनहरूको पुनर्निर्माण तथा मर्मतसम्भारको काम पनि सुस्त नै देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)