डार्क चकलेटले स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ !
Apr 25, 2018
 
र यो पनि
डार्क चकलेट खाँदा मानिसको तनावको स्तर, शरीर सुन्निने समस्या, मुड, स्मरणशक्ति रोगप्रतिरोधात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने एक नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकाकोे साना डियोगोमा आयोजना भइरहेको पाँचदिने ‘एक्पसेरिमेण्टल बायोलोजी २०१८’ सम्मेलनमा प्रस्तुत गरिएको दुईओटा अध्ययन प्रतितवेदनको अनुसन्धानले यस्तो देखाएको हो । यस अध्ययनले पहिलो पटक ठूलो परिमाणको कोका (कोका बटर र चकलेट बनाउने कोका बिन) सानो चकलेट बारको आकारमा लिँदा त्यसले मानिसमा पार्ने सकारात्मक प्रभावबारे देखाएको छ । यससँगै जति धेरै मात्रामा कोको लियो त्यसले मानिसको स्मरणशिक्त, मुड, रोगसँग लड्ने क्षमतामा सकारत्मक प्रभाव पार्नुका साथै अन्य लाभकारी प्रभावहरु पनि ल्याउने लोमा लिण्डा युनिभर्सिटिमा साइनोन्यूरोइम्युनोलोजी र खाद्य विज्ञानका अनुसन्धानकर्ता र दुवै अध्ययनका अनुसन्धानकर्ता लि एस. बर्कले बताएकी छिन् ।
कोकाको उपभोगले स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा सहयोग गर्ने सेलहरुलाई थप सकृय पार्ने अध्ययनले देखाएको छ । यस अध्यनमा थप अनुसन्धानको आवश्यकता रहेको बताउँदै बर्कले इम्युन सेल र दिमागमा पार्ने प्रभाव कत्तिको महत्वपूर्ण छ भन्ने कुराबारे अनुसन्धान गर्न आवश्यक रहेको बताएकी छिन् । यसका लागि वृहत जनसङ्ख्यामाथि अनुसन्धान गर्न जरुरी रहेकोमा उनले जोड दिएकी छिन् । रासस/ सिन्हवा