ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर नाका भारतीय रेल सञ्जालसँग जोडियो, ५८ कण्टेनर बोकेको रेल कोलकाताबाट हिड्यो

Apr 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वैशाख १२, वीरगञ्ज । नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ । तेस्रो मुलुकबाट नेपालका लागि आएका ५८ कण्टेनर बोकेर मालवाहक रेल कोलकाताबाट हिँडेको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । ‘अब विराटनगर नाका पनि रेलवे सञ्जालसित जोडिएको छ । यसबाट नेपालको वैदेशिक व्यापार थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ,’ महावाणिज्यदूत अर्यालले आर्थिक अभियानसित भने । भारतीय जोगवनीको बथनाह स्टेसनमा रेलमार्फत आएको मालसामान अब व्यवसायीले त्यहाँबाट बिराटनगर भित्र्याउन सक्छन् । कोलकता बन्दरगाहबाट कण्टेनर लिएर बथनाहा आइपुगेपछि त्यहाँबाट व्यवसायीले ढुवानीका अन्य साधनमार्फत कण्टेनर ल्याउनु पर्छ । वाणिज्य मन्त्रालयको प्रशासन, निर्यात प्रवद्र्धन, व्यापार तथा पारवहन महाशाखाका प्रमुख रविशङ्कर सैजुले कोलकाताबाट जोगवानीका लागि मालवाहक रेल सेवा शुरु भएको बताए । यसबाट पूर्वी नाकाबाट हुने वैदेशिक व्यापार सहज हुने दाबी सैजुको छ । ‘विगतदेखि नै सीमावर्ती नाकाहरूमा रेल सेवा विस्तारको प्रयास भइरहेको थियो । विराटनगर रेल सेवासित जोडिनु व्यापार प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण कुरा हो,’ सैजुले भने । भारतीय कण्टेनर निगम लिमिटेड (कोन्कर)ले गत मार्चदेखि जोगवनीसम्म रेल पु¥याउने योजना राखेको थियो । आन्तरिक तयारी र आवश्यकीय समन्वय मिलाउँदा केही विलम्व भएको कोन्कोरका पूर्वी क्षेत्रीय कार्यालय कोलकताका महाप्रबन्धक रथेन्द्र रमनले बताए । कोलकाताबाट हिँडेको रेल शुक्रवार अपरान्ह जोगवनी पुग्ने रमनले बताए । ‘५८ ओटा कण्टेनर पठाइएको छ । अब त्यहाँका लागि जाने कण्टेनर बढ्ने अपेक्षा गरेका छौं,’ उनले टेलिफोन कुराकानीमा भने । कोलकाताको महावाणिज्य दूतावासले विराटनगर नाकासम्म रेल सञ्चालनका लागि लामो समयदेखि प्रयास भएको बताएको छ । ‘विराटनगर नाका रेल सेवासँग आवद्ध हुनु नेपालको वैदेशिक व्यापार र पारवहनका लागि महत्वपूर्ण उपलब्धि हो,’ महावाणिज्यदूत अर्यालले भने । व्यवसायीले अहिलेसम्म विराटनगर नाकाका लागि ट्रकबाट सामान आयात गर्दै आएकोमा कोलकाता बन्दरगाहबाट रेलमार्फत ढुवानी गर्न पाउने भएका छन् । ट्रकको तुलनामा रेलको भाडा कम पर्ने र समय पनि बचत हुनाले आयातको लागत घट्ने विश्वास आयाकर्ताको छ । विराटनगरका लागि कण्टनेर कार्गो शुरु भएपछि कोलकाता बन्दरगाहको जामसमेत न्यूनीकरण हुने बन्दरगाहको दाबी छ । बन्दरगाह ट्राफिक प्रबन्धक हिमांशु शेखरले यसबाट कण्टेनरको चाप व्यवस्थापन सहज हुने बताए । तेस्रो मुलुकबाट आउने सबैभन्दा बढी कार्गो कोलकाता बन्दरगामा आउने गरेको छ । आयातकर्ताले हल्दिया र विशाखापत्तनम्बाट पनि रेलमार्फत कार्गो मगाउन सक्ने छन् । त्यसका आफूहरू तयारी अवस्थामा रहेको रमनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)