ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन : फागुनसम्ममा रू.१ अर्ब १७ करोडभन्दा बढी

Apr 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्षदेखि कारोबार थालेका नयाँ ९ जीवन बीमा कम्पनीले बीमा व्यवसाय विस्तारका क्रममा बीमाशुल्क आर्जन बढाउँदै लगेका छन् । बीमा समितिले उपलब्ध गराएको फागुन मसान्तसम्मको वित्तीय अवस्थालाई आधार मान्दा १८ जीवन बीमा कम्पनीले रू. २८ अर्ब ७ करोड ३४ लाख ४१ हजार बीमाशुल्क आर्जन गर्दा नयाँ जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब १७ करोड २४ लाख ६१ हजार आर्जन गरेका छन् । नयाँ कम्पनीहरूले माघ महीनाको तुलनामा फागुनमा ३२ दशमलव ५९ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेका हुन् । माघ मसान्तसम्ममा नयाँ कम्पनीहरूले रू. ८८ करोड ४२ लाख ५८ हजार बीमाशुल्क आर्जन गरेको बीमा समितिकोे तथ्याङ्कमा उल्लेख छ । फागुन मसान्तसम्म युनियन लाइफ इन्स्योरेन्स रकमको आधारमा बीमाशुल्क आर्जनमा सबैभन्दा अघि रहेको छ । माघ मसान्तसम्म रू. ३३ करोड ३ लाख ९१ हजार बीमाशुल्क आर्जन गरेको युनियनले फागुन मसान्तसम्ममा रू. ४० करोड १७ लाख ८४ हजार आर्जन गरेको छ । माघ महीनासम्म २८ हजार ३ सय ५९ बीमालेख कायम रहेकोमा फागुन मसान्तमा ७ हजार ६ सय ६५ बीमालेख बढाएर ३६ हजार २४ पु¥याएको छ । बीमा सुविधा सबैसामु पुर्‍याउन अभिकर्ता सङ्ख्या बढाउँदै उनीहरूको क्षमता विकासका लागि पनि कम्पनीले ध्यान दिएकाले बीमाशुल्क बढेको कम्पनीले बताएको छ । प्रतिशतको हिसाबमा माघको तुलनामा फागुनमा सानिमा लाइफको बीमाशुल्क आर्जन बढी छ । माघमा रू. २७ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको सानिमाले फागुनसम्ममा १ सय ६५ प्रतिशत बढी अर्थात् रू. ७३ लाख ८४ हजार आर्जन गरेको छ । सानिमापछि प्रतिशतको हिसाबमा ज्योति लाइफले बीमाशुल्क आर्जन बढाएको छ । माघसम्ममा रू. ३ करोड ४ लाख ९ हजार बीमाशुल्क आर्जन गरेको ज्योति लाइफले फागुनसम्ममा १ सय ४३ प्रतिशत बढी अर्थात् रू. ७ करोड ४० लाख ८३ हजार आर्जन गरेको छ । अहिले बैङ्क तथा वित्तीय संस्थाहरूले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ । बीमा कम्पनीहरूको भने हालसम्म पनि तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)