ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रका मजदूरका समस्या समाधानउन्मुख

May 1, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
पछिल्लो समय पर्यटन क्षेत्रका मजदूरका समस्या समाधानउन्मुख देखिएका छन् । नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन आएपछि यी सम्बन्ध सुधारको बाटोमा अघि बढिरहेको व्यवसायी तथा मजदूर दुवैको अनुभव छ । पर्यटन क्षेत्रअन्तर्गत होटल, क्यासिनो, रेष्टुराँ, ट्राभललगायतमा धेरै मजदूर कार्यरत छन् । होटल क्षेत्रमा मजदूर र व्यवसायीबीच पहिलेभन्दा अहिले सम्बन्ध सुमधुर बन्दै गएको होटल एशोसिएशन नेपाल (हान)का महासचिव विनायक शाहको बुझाइ छ । ‘समस्या नै नभएका होइनन्, अहिले पनि राजनीतिक दलहरूको आडमा युनियनका नाममा व्यवसायीमाथि दबाब कम कम भएको छैन,’ उनले भने, ‘तर पनि हिजोभन्दा आज यो अवस्थामा सुधार हुँदै गएको छ ।’ गतवर्ष आएको नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनले व्यवसायी र मजदूरबीच हुने समस्या समाधानको विषयमा केही स्पष्ट पारे पनि कार्यान्वयनको नतीजा हेर्न अझै बाँकी रहेको उनको धारणा छ । अहिले न्यूनतम ९ हजार ७ सय तलब पाउनुपर्नेमा सेवाशुल्क पनि जोडेर तलब दिने गरिएको र कतिपय ठाउँमा त्यो तलब पनि नपाएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष खेमराज खड्काले बताए । ‘यो तलबमानमा पनि समीक्षा हुन जरुरी छ,’ उनले भने । यसैगरी नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट युनियनका केन्द्रीय अध्यक्ष सूर्यबहादुर कुँवरले नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन आए तापनि मजदूरका समस्या अझै समाधान भइनसकेको औंल्याए । सेवाशुल्कका विषयमा हानका महासचिव शाहको धारणा अलि फरक छ । ‘सेवाशुल्क टिप्स हो, जुन ग्राहकले खुशी भएर दिन्छन्,’ उनले भने, ‘तर यहाँ राजनीतिक दलको आडमा टिप्सलाई सेवाशुल्ककै रूपमा ऐनमा समावेश गर्ने काम भएको छ ।’ पर्यटन क्षेत्रको अर्को महत्त्वपूर्ण क्षेत्र टे«किङको क्षेत्र पनि पहिलेभन्दा राम्रो हुँदै गए पनि चुनौतीसमेत बढेको गाइडहरू बताउँछन् । हिमाल आरोहण तथा अन्य पदयात्राका क्रममा उनीहरूले जोखीमपूर्ण रूपमा काम गर्नुपर्ने अवस्था छ । ट्रेकिङको क्षेत्रमा काम गर्नेहरूको बीमालगायत सुविधा रहे पनि कामका हिसाबले जोखीमपूर्ण रहेको उनीहरूको धारणा छ । यद्यपि, पर्यटन क्षेत्रको समग्र सुधारले यस क्षेत्रमा पनि राम्रो प्रभाव पर्न थालेको टुरिष्ट गाइड एशोसिएशन नेपालका अध्यक्ष केदार तामाङले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)