ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकल्प खोज्दै मन्त्री काभ्रे पुगे, विमानस्थल बनाउने ठाउँ १५ दिनभित्रै छनौट

May 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख १८, काठमाडौं । नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हवाई चाप बढेपछि आन्तरिक उडानको लागि विकल्प खोज्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रे जिल्लाका विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा तथा काभ्रेका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिसहित नेपाल नागरिक उड्ययन प्राधिकरणको उच्चस्तरीय टोलीले काभ्रेको नागीडाँडा, ठूलीचौर र चिसापनीको स्थलगत अवलोकन गरेको हो ।स्थलगत अवलोकनपछि काभ्रेमा आयोजित अन्तरक्रियामा बोल्दै पर्यटनमन्त्री अधिकारीले आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने बताए । उनले भने, ‘अहिले चर्चामा रहेका तीनओटा स्थानमध्ये जुन स्थान उपयुक्त हुन्छ त्यो स्थान छनौट गरिन्छ, यसका लागि बुधवारसम्ममा विज्ञको टोली गठन गरिने छ ।’मन्त्री अधिकारीले काठमाडौंको हवाई ट्राफिक चाप अत्यधिक बढेको अवस्थामा आन्तरिक विमानस्थल निर्माणको लागि राजधानीको नजिकै भएकाले यी स्थान उपयुक्त हुने बताए । उनले यसअघि भएका सबै अध्ययन र पुनः थप अध्ययन गरी स्थल तथा यसको मोडल बारे निर्णयमा पुगिने बताए ।

काभ्रेका जनप्रतिनिधिसमेत रहेका सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले काठमाडौंको हवाई चाप कम गर्न मात्र नभई काभ्रेको विकासको लागि पनि काभ्रेमा विमानस्थलको आवश्यक्ता भएको बताए । उनले विकासका लागि केही विनाश भएपनि त्यसलाई आत्मसाथ गरेर अघि बढ्न सबै पक्षलाई आग्रह समेत गरे ।प्राधिकरणले बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको यसअघि नै प्रारम्भिक अध्ययन गरेपनि चिसापानीको भने कुनै अध्ययन नभएको प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । दूरीका हिसाबले पनि नाँगीडाडा र ठूलीचौर विमानस्थलभन्दा चिसापानी टाढा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)