ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिपुरेश्वर–माइतीघर ‘फ्लाइओभर’: ४ लेनको बनाउन प्रस्ताव

May 3, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरदेखि माइतीघरसम्म १ किलोमिटरमा बनाउने भनिएको ‘फ्लाइओभर ब्रिज’ निर्माणका लागि सरकारसँग प्रस्ताव पेश गरिएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म ‘फ्लाइओभर ब्रिज’ निर्माणका लागि गरेको अध्ययन प्रतिवेदन सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको हो । तर, जाइकाले त्यस्तो ‘फ्लाइओभर ब्रिज’ दुई लेनको बनाउने प्रस्ताव गरेको भए पनि सडक विभागले त्यसलाई ४ लेनको बनाउनका लागि प्रस्ताव गरेको विभागअन्तर्गतको वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । दुई लेनको फ्लाइओभर बनाउँदा आगामी दिनमा असहज हुने विषयलाई ध्यानमा राखी ४ लेनको फ्लाइओभर ब्रिज बनाउने प्रस्ताव गरिएको उनको भनाइ छ । सरकारले तदरुकता देखाएमा सो क्षेत्रमा ‘फ्लाइओभर ब्रिज’ निर्माणको काम छिटै अघि बढ्ने सम्भावना देखिएको छ । महाशाखा प्रमुख श्रेष्ठले सम्भाव्यता अध्ययन, डिजाइनका साथै निर्माणका लागि आवश्यक प्रक्रियाहरू सबै सम्पन्न भइसकेको जानकारी दिए । ‘यो प्रस्ताव हामीले मन्त्रालयमा पेश गरेका छौं,’ उनले भने, ‘सरकारले प्रस्तावमा छिटो स्वीकृति दिएमा तत्कालै निर्माणको काम अघि बढाउन सकिनेछ ।’ महाशाखा प्रमुख श्रेष्ठले उक्त फ्लाइओभर ब्रिज निर्माण गर्दा ४ अर्बदेखि ५ अर्ब रुपैयाँसम्म लगानी आवश्यक पर्ने देखिएको जानकारी दिए । यसका लागि जाइकालगायत अन्य निकायको अनुदान पनि खोजी गरिएको महाशाखाको भनाइ छ । शहरी यातायातलाई भरपर्दाे र छिटोछरितो बनाई यात्रुहरूको समयको बचत र गन्तव्यमा छिट्टै पुग्न फ्लाइ ओभर/ओभर हेड ब्रिजको अवधारणा उपयुक्त मानिन्छ । खासगरी शहरी चाप तथा यातायातका साधनहरूको अत्यधिक चाप हुने क्षेत्रमा यस प्रकारका पूर्वाधारका संरचनाहरू निर्माण गर्नु आवश्यक छ । पछिल्लो समयमा बढ्दो शहरीकरणसँगै वृद्धि हुँदै गएका साना तथा व्यक्तिगत सवारी साधनका कारण पनि काठमाडौं उपत्यकामा सडकको पहुँच अपर्याप्त हुँदै गएको छ । २०३० सम्ममा सार्वजनिक तथा निजीक्षेत्रबाट ठूला सीट क्षमताका यातायात (मास ट्रान्सपोर्ट) सञ्चालनमा नआए अहिले वृद्धि हुँदै गरेको सवारी सङ्ख्या काठमाडौं उपत्यकामा उपलब्ध सडकको भरले मात्रै नपुग्ने महाशाखाको अध्ययनले देखाएको छ । यसले गर्दा पनि सडकको विकल्पका रूपमा देखिएका यस प्रकारका पूर्वाधार संरचना निर्माण आवश्यक देखिएको छ । अहिले नै काठमाडौंका अधिकांश क्षेत्रको शुरू गन्तव्यदेखि पुग्नुपर्ने गन्तव्यसम्म पुग्दा घण्टौं ट्राफिक जाममा फस्ने बाध्यता रहँदै आएको छ । सरकार तथा सम्बन्धित महानगरपालिकाहरूले अहिले अत्यधिक मात्रामा ट्राफिक जाम हुने स्थानहरूमा यस्ता पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)