ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात क्षेत्रका सबै सिण्डिकेट खारेज, समस्या समाधानका लागि कार्यदल गठन

May 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
वैशाख २४, काठमाडौं । सरकार र यातायात व्यवसायी बीच भएको सहमति अनुसार यातायात क्षेत्रका सबै सिण्डिकेटहरु लिखित रुपमा खारेज भएका छन् । आइतवार राती १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सहित बसेको बैठकले लिखित रुपमै सार्वजनिक यातायात, ट्रक, ढुवानी ट्याङ्कर, ट्याक्सीमा रहेको एकाधिकारको अन्त्य गर्ने सम्झौता गरेको हो । सोमवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा ति बुँदाहरु सार्वजनिक गरिएको छ । कार्यक्रममा मन्त्री महासेठले यातायात क्षेत्रका सबै सिण्डिकेट असारसम्ममा अन्त्य हुने बताए । ‘असारपछि सङ्घ/समितिहरु नवीकरण हुँदैनन्,’ उनले भने, ‘बैङ्कमा खाता रहेका समितिहरुको खाता रोक्का हुने तर पदाधिकारीहरुको खाता रोक्का हुँदैनन् ।’ तत्कालका लागि यातायातमा दुर्घटना भए भने व्यवसायीहरुले नै घाइतेहरुको उपचार खर्च व्यहोर्नुपर्ने मन्त्री महासेठले बताए । महासङ्घका अध्यक्ष कर्माचार्यले संस्था तथा समितिको खाता नखोले उपचार गर्न नसकिने बताए । यस्तै तत्काल यातायात क्षेत्रमा रहेको सिण्डिकेट खारेज गरेपनि यसपछिको कार्यान्वयन कसरी हुने भन्ने विषयको समाधानका लागि कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । उनले ३० दिन भित्रमा कार्यदलको प्रतिवेदन आएपछि आम जनताले सिण्डिकेट हटेको अनुभूति गर्ने गरी यातायात सेवा उपभोग गर्न पाउने बताए । निर्धारित समयभन्दा करीब एक घण्टा ढिलो गरी शुरु भएको कार्यक्रममा व्यवसायी र मन्त्रालयका अधिकारी बीच चर्काचर्की परेको थियो । कार्यक्रममा एक सयभन्दा बढी व्यवसायीहरु सहभागी थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)