ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वचालित कार ल्याउँदै टोयोटा

Jan 8, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अब मदिराजन्य पेय सेवन गरेपछि सवारी चलाउँदा प्रहरीले गर्ने ‘मापसे’ चेकजाँचमा परेर जरीवाना तिर्नुपर्ला भनेर डराउनुपर्ने दिन जान लागेजस्तो देखिन्छ । किनकि, जापानी कार निर्माता टोयोटा मोटर्सले बजारमा ल्याउन लागेको छ, स्वचालित कार । टोयोटा मोटर्सअन्तर्गतको लक्जरी कार उत्पादन एकाइ ‘लेक्सस’ले बनाएको यो कारको भिडियो क्लिपमा यसले आफ्नो बाटो आफै पत्ता लगाउने र दुर्घटनाबाट जोगाउने देखाइएको छ । भिडियोमा देखाइएअनुसार लेक्सस कारको फ्रण्ट ग्रील, पछाडिका पाङ्ग्रा र माथिपट्टि सेन्सरहरु जडान गरिएको छ । यसको मुख्य आकर्षण कारको माथिपट्टि रहेको एक सेन्सर देखिन्छ, जुन ३ सय ६० डिग्रीको कोणमा घुमिरहन्छ ।

यो कारमा जडान गरिएको अनबोर्ड राडार प्रणाली र सडकको अवस्था पत्ता लगाउने सेन्सरले दुर्घटना हुनुभन्दा पहिले नै जोगाउने र सवारीलाई गन्तव्यमा सुरक्षित ढङ्गले पुर्‍याउनेछ । ‘एडभान्ष्ड एक्टिभ सेफ्टी रिसर्च भेहिकल’ नाम दिइएको यो कारले सडकमा गुडिरहेका अन्य गाडीसँग पनि आफै सञ्चार सम्बन्ध स्थापित गर्न सक्ने बताइएको छ । यसबाट सडकमा गुडिरहँदा गाडीहरुबीच जानकारीको निरन्तर आदानप्रदान भइरहने हुनाले दुर्घटनाको जोखीम निकै कम हुने टोयोटाको भनाइ छ ।

यसलाई गुडाउन एक चालकको आवश्यकता भए पनि उसले अवस्थालाई बुझ्न नसके अथवा कुनै दुर्घटना हुन लागेमा सधैं सक्रिय रहने कारको कम्प्युटर प्रणालीले नियन्त्रणमा लिने जानकारी कम्पनीले दिएको छ । यसका साथै चालकसँग प्रत्यक्ष सञ्चार सम्पर्क गर्न सक्ने यो कारले सडकका ट्राफिक चिह्नहरु पनि थाहा पाउनेछ । साथै, बाटो काट्दै गरेका वा सडकमा हिँडिरहेका पैदलयात्रुको पनि पहिचान गर्न सक्ने टोयोटाले उल्लेख गरेको छ । यो कारको कम्प्युटरमा एक अत्याधुनिक ‘म्यापिङ’ प्रणाली छ, जसले नजिकै रहेका पेट्रोल पम्प, रेष्टुराँ, पसललगायत स्थानबारे जानकारी पाउन सक्छ ।

अमेरिकाको लास भेगास शहरमा मङ्गलवारदेखि शुरु हुने विश्वकै एक प्रमुख इलेक्ट्रोनिक्स प्रदर्शनी ‘कञ्जुमर इलेक्ट्रोनिक्स शो’ (सीईएस)मा टोयोटाले यो कारको पहिलो सार्वजनिक प्रदर्शन गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)