ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भिजे पनि नबिग्रिने स्मार्टफोन

Jan 9, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पानी परेको समयमा कतै गइरहँदा मोबाइलको घण्टी बजेको समयमा अथवा आकस्मिक रुपले फोन गर्नुपरेमा आफ्नो स्मार्टफोन निकाल्नुपर्दाको असहज अवस्थाले पक्कै पनि तपाईंलाई सताएको हुनुपर्छ । रहर अथवा बाध्यता जेसुकैले गर्दा भए पनि निकै महँगो मूल्य तिरेर किनेको स्मार्टफोन पानीमा भिजेर बिग्रने चिन्ता तपाईंलाई हुनु स्वभाविक पनि हो । तर, अब यस्तो चिन्ता गर्नुपर्ने दिन समाप्त हुन लागेको छ । प्रयोगकर्ताहरुको समस्या र गुनासोलाई ध्यानमा राख्दै जापानी स्मार्टफोन निर्माता सोनी मोबाइलले विक्री शुरु गर्न लागेको छ पानीमा भिजे पनि नबिग्रने एक ‘वाटरप्रुफ’ स्मार्टफोन । ‘स्नानमैत्री (बाथ–फ्रेण्ड्ली) स्मार्टफोन’ उपनाम दिइएको यो मोबाइल नुहाइरहँदा अथवा पौडी खेलिरहँदा पनि पानीभित्र ढुक्कसँग चलाउन सकिन्छ ।

सोनीको लोकप्रिय ‘एक्सपेरिया’ शृङ्खलाको पछिल्लो उत्पादनका रुपमा ल्याइएको ‘एक्सपेरिया जेड’ लाई  ३० मिनेटसम्म पानीभित्र डुबाएर राख्दा पनि कुनै खराबी आउँदैन । मङ्गलवारदेखि अमेरिकाको लास भेगस शहरमा शुरु भएको ‘कञ्जुमर इलेक्ट्रोनिक्स सो–२०१३’ मा प्रदर्शित यो स्मार्टफोनले धेरैको ध्यान तान्न सफल भएको छ । अत्याधुनिक प्रविधियुक्त हाई डेफिनेशन डिस्प्लेयुक्त यो स्मार्टफोनमा उच्च रिजोलुशनका ‘एचडी’ सिनेमा र भिडियो हेर्न सकिन्छ । ‘यदि नुहाउँदै गर्दा एचडी सिनेमा हेर्न चाहनुहुन्छ भने यो उपकरण तपाईंकै लागि हो,’ सीईएसमा उपस्थित सोनी मोबाइलका अधिकारी स्टिभ वाल्करले भने । त्यसैगरी धेरै समयसम्म चलाएर मैलोजस्तो देखिएमा एक्सपेरिया जेडलाई धाराको पानीबाटै धोएर सफा बनाउन सकिने पनि उनले बताए । वाल्करका अनुसार विश्वभर १० मध्ये एक जनाले आफ्ना फोन शौचालयलगायत पानी भएका ठाउँमा खसाल्ने गरेका छन् । यतिमात्र नभई यो स्मार्टफोनको ‘इयरफोन’ (अथवा हेडसेट) पनि पानीले भिजेमा नबिग्रने गरी बनाइएको उनले बताए ।

 

 

एक्सपेरिया जेडको हार्डवेयर ‘फिचर’

यो स्मार्टफोनमा १०८० × १९२० पिक्सेल क्षमताको  ५ इञ्चको एचडी स्क्रीन राखिएको छ, जसमा भिडियो प्लेब्याकका लागि सोनीको ब्राभिया टेलिभिजनकै प्रविधि सापटी लिइएको छ । यसमा प्रयोग गरिएको निकै शक्तिशाली ‘क्वालकम स्न्यापड्रागन क्वाडकोर एसफोर’ सीपीयूले अहिलेसम्मका सबैजसो कम्युटिङ कार्यहरु गर्न सक्छ । त्यसैगरी यसको इण्टरनल मेमोरी क्षमता २ गिगाबाइट र १६ जीबीको स्टोरेज रहेको छ ।

त्यस्तै, १३ मेगापिक्सलको यसको क्यामराले ‘हाई डाइनामिक रेञ्ज’ (एचडीआर) भिडियो खिच्न सक्छ । सोनीले विकास गरेको एक्समोर आरएस सेन्सर प्रविधिले गर्दा प्रकाशको मात्रालाई पहिचान गर्दै त्यसअनुसार उत्कृष्ट एचडीआर तस्वीर अथवा भिडियो खिच्न सक्छ । यसका साथै गूगलको एण्ड्रोइड ४.१ अपरेटिङ सिष्टमयुक्त यो स्मार्टफोनमा इण्टरनेट कनेक्टिभिटीका लागि वाइफाईलगायत फोरजी एलटीईको सुविधा दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)