ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरिक्षमा पनि बियर पिउन सकिने

May 16, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
अन्तरिक्ष यात्रीहरूले छिट्टै अन्तरिक्षमा बियर पिउन सक्ने भएका छन् । विशेष प्रकारको एक बोतलकोे विकासका कारण थोरै गुरुत्वाकर्षण हुने क्षेत्रमा पनि यस्तो सम्भव हुने भएको छ । अष्ट्रेलियाको बियर कम्पनी ४ पाइन्स ब्रुइङ र स्पेस इञ्जिनीयरिङ कम्पनी सेवर एष्ट्रोनट्सले यस्तो बोतलको डिजाइन गरेको बताइएको छ । यस बोतलमा प्यासिभ फिड सिष्टम रहेको छ जसले सतहको प्रयोगबाट बियरलाई बोतलकोे सतहबाट मुखसम्म पु¥याउँछ । यस डिजाइनलाई वास्तविकतामा परिणत गर्न कम्पनीले १० लाख डलरकोे माग गर्दै एक फण्डिङ कार्यक्रम पनि चलाइराखेको छ । सङ्कलित फण्ड बोतलकोे औद्योगिक डिजाइन पूरा गर्न र यस क्षेत्रको अनुसन्धानमा प्रयोग गरिने बताइएको छ । हाल अन्तरिक्षमा मदिराको प्रयोगमा सीमितता लगाइएको छ भने नासाका अन्तरिक्षयात्रीहरूलाई यो पूर्णरूपमा निषेधित छ । यद्यपि, यो बोतललाई केही परीक्षण गर्न भने बाँकी नै रहेको बताइएको छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)