ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरको तुलनामा झन् सस्तियो रुपैयाँ

May 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ (नेरू) मङ्गलवार ९० पैसाले कमजोर बनेको छ । कमजोर यूरो, अमेरिका र चीनबीचको व्यापार युद्ध टर्ने सङ्केत र अमेरिकी ट्रेजरी बिलको प्रतिफलमा भएको वृद्धिका कारण डलरको भाउ सुधिँ्रदा यसको असर नेरूमा परेको हो । भारतको कर्नाटक राज्यमा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा डलरको तुलनामा भारू सस्तो भएको छ । योसँगै भारूसँग आबद्ध (पेग्ड) रहेको नेरू पनि डलरको तुलनामा थप कमजोर भएको हो । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार एक डलर बराबर १ सय ९ रुपैयाँ २२ पैसा विनिमयदर तोकेको छ । यसको अर्थ १ डलर किन्न नेपालीले १ सय ९ रुपैयाँ २२ पैसा खर्च गर्नुपर्छ । यो विनिमय दर अघिल्लो दिनको तुलनामा ९० पैसा कम हो । सोमवार १ डलर किन्न १सय ८ रुपैयाँ ३२ पैसा चाहिन्थ्यो । मङ्गलवार कायम डलरसँग नेरूको विनिमय दर २०७३ को माघ १६ यताकै न्यून हो । त्यतिबेला १ डलर किन्न नेपालीले १ सय ९ रुपैयाँ २३ पैसा खर्च गर्नुपर्थ्यो । चालू आर्थिक वर्षको शुरूदेखि अहिलेसम्म नेरू डलरको तुलनामा ५ रुपैयाँ ७६ पैसा सस्तो भएको छ । आर्थिक वर्षको शुरूमा सो विनिमय दर १ सय ३ रुपैयाँ ४६ पैसा थियो । गत आवको सोही अवधिमा भने डलर किन्ने नेरूको क्षमता अहिलेको तुलनामा ४ रुपैयाँ ४६ पैसा बढी थियो । गत आवको शुरूमा प्रति डलर १ सय ७ रुपैयाँ ६४ पैसा रहेको नेरू २०७४ को जेठ १ मा १सय ३ रुपैयाँ १८ पैसामा आएको थियो । मङ्गलवारको विनिमय दर २०७३ को मङ्सिर १० को सर्वाधिक न्यून १ सय १० रुपैयाँ २८ पैसाभन्दा १ रुपैयाँ ६ पैसा बढी हो । कर्णाटक चुनावको असर मङ्गलवार अमेरिकी डलरको तुलनामा भारूको भाउ घटेर सन् २०१७ को जनवरीयता पहिलोपटक प्रतिडलर ६८ रुपया तल झरेको छ । उक्त दिन बजार बन्द हुँदा प्रतिडलर रुपयाको भाउ ६८ रुपया ११ पैसामा कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ५९ पैसा कम हो । कर्नाटकमा गत शनिवार भएको चुनावी नतीजा मङ्गलवार आइसकेको छ । सो चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएका छैनन् । एउटै दलको सरकार गठन गर्न कम्तीमा एक दलले १ सय १३ सीटमा जित हात पार्नुपथ्र्यो । तर, सबैभन्दा धेरै सीट हात पारेको भारतीय जनता पार्टी (भाजपा)ले १ सय ६ सीट मात्रै ल्याएको छ । प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसले जनता दल (स्वतन्त्र)सँग साँठगाँठ गर्ने घोषणा गरेपछि मुद्रा व्यापारीको मनोबल प्रभावित बनेको हो । चुनावमा काङ्ग्रेसले ७५ सीट हात पारेको छ भने जनता दलले ३९ सीट हात पारेको छ । कर्नाटकमा भाजपाको बहुमत नभए पनि भाजपाकै नेतृत्वमा सरकार बन्ने, आगामी वर्ष हुने चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः निर्वाचित हुने र उनका सुधारका कार्यक्रमले निरन्तरता पाउने आशा लगानीकर्ताले गरेका थिए । मध्याह्नको कारोबारमा भारूको भाउमा आएको सुधारले पनि यसलाई छर्लङ्ग पारेको थियो । तर, स्थिति उल्टो बनेपछि भारू दबाबमा आयो । यसमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा हालै भएको वृद्धिले आगोमा घ्यूको काम गरेको छ । मङ्गलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेण्ट त्रूmडको भाउ प्रतिब्यारेल करीब १ प्रतिशतले बढेर ७९ डलर ४० सेण्टमाथि पुगेको छ । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इण्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि करीब १ प्रतिशतले बढेर ७२ डलर नजीक पुगेको छ । बाँकी विश्वसँगको व्यापारमा भारतको घाटा बढ्ने चिन्ताका कारण विगत केही हप्तायता भारतीय रुपया दबाबमा आएको छ । विश्व बजारमा तेलको भाउ बढे पनि १९ दिनसम्म पेट्रोलियम पदार्थको भाउ यथावत् राखेका भारतीय राज्यनियन्त्रित तेल कम्पनीहरूले सोमवार र मङ्गलवार लगातार डिजेल र पेट्रोलको भाउ बढाएका छन् । सोमवार प्रतिलिटर १६ पैसा बढाइएको पेट्रोलको भाउ मङ्गलवार थप १५ पैसा बढाइएको छ । योसँगै दिल्लीमा पेट्रोलको भाउ ७४ रुपया ९५ पैसा कायम हुन पुगेको छ । उता, डिजेलको भाउ पनि २ दिनमा ४२ पैसा बढेर ६६ रुपया ३६ पैसा पुगेको छ । पछिल्लो वृद्धिसँगै भारतमा डिजेलको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ भने पेट्रोल पनि ५६ महीनाकै उचाइमा उक्लिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)