ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुरानै स्वरूपमा नेपाल राष्ट्र बैङ्क भवन निर्माण

May 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको नेपाल राष्ट्र बैङ्कका दुईओटा भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया शुरू गरिएको छ । भूकम्पबाट क्षति भएको ३ वर्षपछि नेपाल राष्ट्र बैङ्कले केन्द्रीय कार्यालय बालुवाटार र थापाथलीको भवन निर्माणका लागि काम थालेको हो । केनन्द्रीय बैङ्कको भवन पुरानै शैलीमा बनाउने वा नबनाउने भन्ने विषयमा बहस हुँदै गर्दा अहिले केन्द्रीय बैङ्कले बाहिरी स्वरूप पुरानै जस्तो हुनेगरी अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । केन्द्रीय बैङ्कअन्तर्गतको सामान्य सेवा विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षत्रीले अबको ८/१० दिनमै बालुवाटारको भवन निर्माणका लागि अन्तरराष्ट्रिय टेण्डर आह्वान गरिने जानकारी दिए । उनले भने, ‘थापाथलीको भवन निर्माणका लागि भने वैशाख १४ गते नै ग्लोबल टेण्डर आह्वान गरिसकिएको छ ।’ विसं १९८९ मा निर्माण भएको भवन पुरातात्विक महत्वको सम्पदामा नपर्ने भएपछि मात्रै अहिले केन्द्रीय बैङ्कको भवन निर्माणको कार्यलाई अघि बढाइएको हो । केन्द्रीय बैङ्क निर्माण भएको ८६ वर्ष भएको छ । पुरातत्त्विक सम्पदा हुनका लागि १ सय वर्ष पुग्नुपर्छ । पुरानो संरचनागत पहिचान कायमै राख्दै अहिले राष्ट्र बैङ्कले भूकम्प प्रतिरोधात्मक ४ तले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । यसअघि केन्द्रीय बैङ्क पुरातात्त्विक महत्त्वको हो भन्ने विषयमा बहस हुँदा र पुरातमहत्व विभागको सहमति लिँदा निर्माण प्रक्रिया लम्बिएको उनको तर्क छ । शहरी विकास तथा भवन विभागको सहयोगमा नेपाली कन्सल्ट्याण्टले केन्द्रीय बैङ्कका २ ओटा भवन निर्माणका लागि गुरुयोजना (माष्टर प्लान) बनाइसकेका छन् । ‘बालुवाटार र थापाथलीमा बन्ने ती भवनको लागत रू. ४ अर्बभन्दा बढी हुनेछ,’ क्षत्रीले भने, ‘प्रारम्भिक प्रक्षेपणअनुसार रू. २ अर्बभन्दा माथि बालुवाटार भवन र सोहीअनुपातमै थापाथली भवन निर्माणका लागि रकम लाग्ने पूर्वानुमान छ ।’ उनका अनुसार टेण्डर प्रक्रिया, ठेक्का सम्झौता, जग्गा तयारीलगायतका काम छिटै सकी दशैंअघि नै २ ओटै भवन निर्माणको काम शुरू गरिसक्ने गरी गृहकार्य हुँदै छ । गुरुयोजनाअनुसार भवन निर्माण गर्ने सम्झौतापछिको ३० महीनामा भवन निर्माणका कामहरू पूरा हुनेछन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले २ ओटै भवन निर्माणको कामलाई प्राथमिकतामा राखेका छन् । क्षत्रीका अनुसार केन्द्रीय बैङ्कको भवन अत्याधुनिक बनाउने गरी निर्माण प्रक्रिया अघि बढाउन गभर्नरले निर्देशन दिएका छन् । ६१ रोपनीमा फैलिएको बालुवाटार भवन नयाँ बन्दा पनि सोही क्षेत्रफलमा निर्माण हुनेछ भने ४१ रोपनीमा फैलिएको थापाथली भवन पनि सोही क्षेत्रफलमै निर्माण हुनेछ । काठमाडौंको हनुमानढोकामा रहेको राष्ट्र बैङ्क नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री सुवर्णशमशेर राणाले विक्री गरेपछि बालुवाटारमा सरेको हो । २०१३ मा स्थापना भएको केन्द्रीय बैङ्क उक्त भवन किनेपछि २०१८ मा बालुवाटारमा सरेको थियो । अहिले राष्ट्र बैङ्कका प्रशासनिकलगायत सबै काम बालुवाटारभित्रकै बैङ्ककै ६ ओटा भवनमार्फत सञ्चालन हुँदै आएको छ । तीमध्ये कतिपय भवन भूकम्पप्रतिरोधी छैनन् । भत्काइएको केन्द्रीय बैङ्कको भवनका इँटा भने टेण्डर प्रक्रियाबाट विक्री भइसकेका छन् । पहिला बनाउँदा मासको दाल, भूस, माटो र खुदो मिसाएर बनाइए पनि अहिले त्यसरी निर्माण गर्न नसकिने भएकाले आधुनिक तरीकाबाट भवन निर्माण गरिनेछ । नयाँ भवनका विशेषता
  • बाहिरी स्वरूप पुरानै (छत, दायाँ/बायाँ/अगाडि र पछाडिको मोहडा, झ्याल निर्माणमा पुरानै शैली अपनाइने), भवनका सबै संरचना अत्याधुनिक
  • २ तले भवन अब ४ तला
  • अपाङ्गमैत्री
  • लिफ्ट
  • भूमिगत पार्किङ
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)