ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्कको पर्यवेक्षणमा कडाइ

May 24, 2018  
मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई दिइएका निर्देशनको पालना भए÷नभएको अनुगमनमा कडाइ गर्ने भएको छ । बैङ्कले बुधवार ‘नेपाल राष्ट्र बैङ्क निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४’ जारी गर्दै बैङ्कहरूको कडा निगरानी गर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैङ्कले समयसमयमा जारी गरेका निर्देशनहरूको पूर्ण पालना नभएको पाइएपछि अनुगमन, पर्यवेक्षण र कारबाही गर्न विनियमावली ल्याएको बताइएको छ । केन्द्रीय बैङ्कले स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनको आधारमा कारबाही गर्ने विनियमावलीमा उल्लेख छ । यसअघिको नेपाल राष्ट्र बैङ्क निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७० खारेज गर्दै केन्द्रीय बैङ्कले नयाँ विनियमावली ल्याएको हो । सुपरिवेक्षण टोलीले पटकपटक दिइएका निर्देशन पालना नगरी सुधारोन्मुख नभएको अवस्थामा त्यस्तो बैङ्कलाई ऐनबमोजिम नियन्त्रण तथा कारबाही प्रक्रिया चालिने विनियमावलीमा उल्लेख छ । निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनको आधारमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई कैफियत सुधारको मौका दिइनेछ । आवश्यक परेमा बैङ्क तथा वित्तीय संस्थासँग छलफलसमेत गरी थप निर्देशन दिन सक्ने अधिकार विनियमावलीले दिएको छ । योसँगै केन्द्रीय बैङ्कसँग आफूले जारी गरेको नियम, आदेश वा निर्देशनको परिपालना भए÷नभएको अद्यावधिक विवरणसमेत रहनेछ । सुपरिवेक्षकले बैङ्क तथा वित्तीय संस्थाको जोखीमको स्तरअनुसार ऐन, प्रचलित कानून, नियमन, आदेश तथा निर्देशनलगायत अन्तरराष्ट्रिय प्रचलन, अन्तरराष्ट्रिय अभ्यास र वासेल मूल सिद्वान्तका आधारमा समेत आवश्यक निर्देशन दिन सक्ने बताइएको छ । विनियमावलीका मुख्य व्यवस्था
  • वार्षिक कार्ययोजनाअनुसार काम गर्नुपर्ने
  • नियमित स्थलगत र गैरस्थलगत निरीक्षण
  • शाखा तथा परियोजना निरीक्षण गर्नसक्ने
  • सञ्चालक तथा व्यवस्थापनसँग छलफल
  • बैङ्क वा वित्तीय संस्थाको रेटिङ
  • पूर्वचेतावनी सङ्केत
  • संस्थामाथि नियन्त्रण तथा कारबाही
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)