ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असार १५ देखि बुद्ध एयरले काठमाडौं–बनारस उडान गर्ने

May 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
जेठ १३, काठमाडौं । बुद्ध एयरले आगामी असार १५ गतेबाट काठमाडौंदेखि भारतको बनारस उडान शुरु गर्ने भएको छ । विगत चार वर्षदेखि बनारसका लागि आंशिक उडान गर्दै आएको बुद्ध एयरले अबदेखि नियमित रुपमा उडान गर्ने भएको हो । बुद्ध एयरले असार १५ गतेबाट साताको दुई पटक बनारसको उडान गर्न लागेको आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । यसबाट काठमाडौं र वनारस बिचको धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उनले बताए । उनले भने, ‘अहिले पनि भारतबाट वार्षिक ३ करोड पर्यटक विश्व भ्रमणको लागि निस्किने गर्छन् । तर, हामीले भारतमा नेपालको बजारीकरण गर्न सकिरहेका छैनौं । यो अवस्थामा आफ्नो व्यवसायिक लक्ष्यका साथै नेपालको पर्यटन प्रवद्र्धनका लागि हामीले बनारसलाई प्रमुख प्राथमिकता दिएर उडान शुरु गर्दै छौं ।’ प्रबन्ध निर्देशक बस्नेतले अन्तरराष्ट्रिय उडानका लागि काठमाडौं बनारस उडान परिक्षण हुने र यसैको आधारमा अन्य ठाउँहरुको बारेमा योजना बनाउने बताए । बुद्ध एयरका रिसर्च तथा डेभलपमेण्ट विभाग (आरएण्ड)की एक्जुकेटिव अफिसर आस्था बस्नेतले कम्पनीले होटल, ट्रान्सपोटेसन, टुर गाईड लगायत अन्य सबैलाई फाईदा पुग्ने गरी प्याकेजहरु तयार पारेको जानकारी दिइन् । प्याकेजमा भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पल्स एण्ड टाईगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरु समावेश गरिएको सो अवसरमा जानकारी दिइयो । यसैगरी नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इलाहावाद, प्रयाग, अयोध्या लक्षित प्याकेजहरु पनि रहेको उनले बताइन् । यस्तै कम्पनीको युजर फ्रेण्डली नयाँ वेवपोर्टल तयार भइरहेको र यसबाट नेपालका पर्यटकीय तथा तिर्थस्थलहरुबारे सजिलै जानकारी पाउन सकिने बस्नेतले बनाइन् । यसैबीच बुद्ध एयरले नेपालगञ्जदेखि दिल्ली उडानका नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया शुरु गर्न लागेको जानकारी दिएको छ । नेपालगञ्ज दिल्ली रुटको लागि आवश्यक तयारी भइरहेको र अनुमती प्राप्त हुनासाथ त्यो रुटमा उडान शुरु गर्ने प्रबन्ध निर्देशक बस्नतेले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)