बालकृष्ण ढुङ्गेललाई माफी दिने गरी तयार पारिएका सम्पूर्ण कागजात दुई घण्टा भित्र ल्याउन सर्वोच्चको आदेश
May 28, 2018
 
समाचार
मुख्य खबर
जेठ १४, काठमाडौं । हत्या अभियोगमा जेल चलान भएका तत्कालिन माओवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद सजाय माफी दिने सरकारको तयारीप्रति सर्वोच्चमा सोमवार बहस भइरहेको छ । सजाय माफी दिनको लागि कारागार ब्यबस्था विभागले टिप्पणी उठाएको देखि लिएर हालसम्मको प्रगति विवरण सोमवार साढे २ बजेपछि लिएर आउन सर्वोच्चले सरकारी वकिलको कार्यालयलाई आदेश दिएको छ ।
न्यायाधीशहरु मिरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमवार त्यस्तो आदेश दिएको हो । तत्कालिन माओवादी नेता ढुङ्गेललाई माफी दिन लागेको विरुद्ध सो इजलाशमा सोमवार बहस भइरहेको छ । हालसम्म रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता गोबिन्द बन्दीले बहस गरिसकेका छन् । अहिले सरकारी वकिलको बहस भइरहेको छ ।
गणतन्त्र दिवसको अवसरमा सरकारले जेलमा रहेका नेता ढुङ्गेललगायत ८ सय जनालाई माफी दिने तयारी गरिरहेको छ ।