ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गूगल इङ्क सबैभन्दा उत्तम कार्यालय

Jan 20, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सामान्य रुपमा धेरै तलब पाउनु नै कार्यस्थलमा सुख र आनन्दको मापक मानि“दै आएको छ । तर, प्रसिद्ध पत्रिका ‘फोर्चुन’ले भने यससँगै कर्मचारीको बालबच्चाको स्याहार, काम र जीवनको सन्तुलन तथा कर्मचारीहरुले पाउने स्वास्थ्यसेवालाई पनि प्रमुख मापक मान्दै १ सयओटा उत्तम कार्यस्थल भएका कम्पनीहरुको सूची प्रकाशित गरेको छ । पत्रिकाले ‘ग्रेट प्लेस टु वर्क इन्ष्टिच्युट’ नामक एक संस्थासँगको सहकार्यमा अमेरिकी कर्पोरेट क्षेत्रको अध्ययन गरेको थियो । अध्ययनमा सूचनाप्रविधि कम्पनी गूगल इङ्क काम गर्नका लागि सबैभन्दा उत्तम रहेको पाइएको थियो ।

इण्टरनेट सर्च इञ्जिन, सफ्टवेयर निर्माण र वेब सेवा प्रदान गरिरहेको गूगलको क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित मुख्यालय अमेरिकी कम्पनीहरुमाझ सबैभन्दा राम्रो र व्यवस्थित रहेको अध्ययनमा पाइएको थियो । त्यहाँभित्र कर्मचारीहरुका लागि कामको तनावबाट मुक्ति दिन विविध सेवाहरु दिइएको फोर्चुनले उल्लेख गरको छ । गूगलले कार्यालय हाताभित्र भर्खरैमात्र सञ्चालनमा ल्याइएको एक वेलनेस सेण्टरमार्फत आफ्ना कर्मचारीहरुका लागि १ लाख घण्टाबराबरको निःशुल्क मसाज उपलब्ध गराइरहेको बताइएको छ । त्यसैगरी सन् २०१२ मा ७ एकड क्षेत्रफलमा एक खेलकुद कम्प्लेक्स पनि बनाएको र त्यहाँ कर्मचारीहरुले ‘बे्रक’ र कार्यालय समयपछि गएर आफूले चाहेका थुप्रै खेल खेल्न सक्ने पत्रिकाले उल्लेख गरेको छ ।

‘गूगलको मुख्यालय एक ठूलो कलेजजस्तै व्यवस्थित गरिएको छ, जहाँ कर्मचारीहरुलाई निःशुल्क खाना/खाजा दिनेमात्र नभई उनीहरुका पाल्तु जनावरको समेत स्याहार गरिन्छ,’ फोर्चुनका कार्यकारी सम्पादक एण्डी सर्वेरले भने । कम्पनीको हाता निकै ठूलो भएकाले एक ठाउँबाट अर्कोमा जान विद्युतीय कारहरुको राम्रो व्यवस्था गरिएको पनि उनले बताए । ‘गूगलले अमेरिका र विश्वका सबैभन्दा प्रतिभाशाली मानिसहरु भर्ना गरेको छ, यसबाट कम्पनीले राम्रो लाभ लिइरहेकाले कर्मचारीहरुलाई मनग्ये दिइरहेको सर्वेरको भनाइ थियो । त्यहाँ कार्यरत कर्मचारीहरु पनि निकै प्रफुल्ल र उत्साही रहेको आफहरुले पाएको उनको कथन थियो । गूगलपछि सबैभन्दा उत्तम अमेरिकी कार्यस्थलहरुको सूचीमा एसएस, सीएचजी हेल्थकेयर सर्भिसेज, बोष्टन कन्सल्टिङ ग्रूप र वेग्मान्स फूड मार्केटले क्रमशः दोस्रोदेखि पाँचौं स्थान ओगटेका फोर्चुनले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)