ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इण्टरनेट जीवनको ‘आधारभूत आवश्यकता’ : जर्मन अदालत

Jan 27, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

ठूला राष्ट्रमा राज्यका अङ्गहरु उपभोक्ता अधिकारप्रति कतिसम्म सचेत हुँदा रहेछन् भन्ने कुराको उदाहरण हालै एक जर्मन अदालतले दिएको आदेशले देखाएको छ । दक्षिणपश्चिम जर्मनीको बाडेन–वुर्रटेम्बर्ग राज्यको सङ्घीय अदालतले सुनाएको एक फैसलाअनुसार इण्टरनेट खाना, बसोवास र रोजगारी तथा शिक्षाजस्तै मानव जीवनको आधारभूत आवश्यकता बन्न गएको छ । कार्लस्रूहे शहरका एक बासिन्दाले आफूले लिएको इण्टनेट सेवा अवरूद्ध भएकाले आफूलाई नोक्सानी भएको र त्यसबापत सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने जिकीर गर्दै दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो । मुद्दामा भएको बहसपछि अदालतले ती वादीलाई भएको नोक्सानबापतको सम्पूर्ण क्षतिपूर्ति तिर्न इण्टरनेट सेवाप्रदायकलाई आदेश दिएको थियो । ती व्यक्तिले सन् २००८ को अन्त्यतिर जडान गरेको एक ‘डीएसएल कनेक्शन’मा प्राविधिक गडबडीले २ महीनासम्म इण्टरनेट चलाउन पाएका थिएनन् ।

‘कुनै पनि व्यक्तिको जीवनमा अहिले इण्टरनेटले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ, यसबाट कसैको पनि निजी जीवनमा निर्णायक ढङ्गले प्रभावित हुन सक्छ’, अदालतले भनेको छ । यसैले गर्दा कारको प्रयोग गर्न नपाउँदा भएको हानिजस्तै सेवा लिए पनि इण्टरनेट चलाउन नपाउँदा भएको क्षतिबराबर हुन जाने अदालतको जिकीर छ ।

ती व्यक्तिले फोनलाइनसहित इण्टरनेट चलाउन नपाएपछि मोबाइल फोनमा भएको खर्चबापतको क्षतिपूर्ति रकम पहिले नै पाइसकेका थिए । तर, अदालतले सुनाएको फैसला भने उनले पछि दायर गरेको इण्टरनेट चलाउन नपाएको विषयसँग सम्बन्धित छ । अदालतले फैसलामा जर्मन कानूनअनुसार नै आदेश दिइएको दाबी गरेको छ । जर्मनीमा प्रचलित कानूनअनुसार आधारभूत आवश्यकताका वस्तुहरु अरुको कारणले क्षति भएमा क्षतिपूर्ति दिइनुपर्ने उल्लेख छ । राज्यदेखि व्यापारीसम्म सम्बन्धित सरोकारवालाहरुमा उपभोक्ता अधिकारप्रति व्यापक उदासीनता रहेको हाम्रो देशका नागरिकले यसलाई प्रेरणाको स्रोतका रुपमा लिने कि ?  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)