ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालयभित्रका गतिविधि थाहा नपाउँदा पछि परिएला

Feb 5, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सोझा कर्मचारीको व्यावसायिक जीवन सफल नहुने हालै गरिएको एक अध्ययनले देखाएको छ । कार्यालय गएर तोकिएको जिम्मेवारीमात्र पूरा गर्ने तर त्यहाँभित्रका गतिविधिप्रति अनभिज्ञ रहनेहरु विभिन्न अवसरबाट बञ्चित हुने उक्त अध्ययनको निष्कर्ष छ । जर्मनीको हेइडिलबर्ग विश्वविद्यालयको अर्थशास्त्र विभागका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनअनुसार आफूलाई दिइएको काममात्रै गर्ने सोझा कर्मचारीहरु कार्यालयका प्रमुखहरुबाट प्रताडित हुने गर्छन् । उता, आफ्नो जिम्मेवारीबाहेक कार्यालयका भित्री गतिविधिबारे रूचि राख्नेहरुलाई भने प्रमुखहरुले विशेष ध्यान दिने र उनीहरु सोझा कर्मचारीको तुलनामा काम गर्दा बढी दबाबमुक्त हुने अध्ययनकर्ताहरुको भनाइ छ ।

अध्ययनका लागि एक कार्यालयको स्थापना गरियो, जहाँ एक प्रबन्धकले कर्मचारीको तलबमान र सुविधा नियन्त्रण गर्न सक्ने प्रकारको वातावरण तयार पारियो । त्यसपछि त्यहाँ अध्ययनबारे जानकारी नभएको केही स्वयम्सेवक कर्मचारी र ती प्रबन्धकलाई सँगै काम गर्दै एक परियोजना पूरा गर्न दिइयो । उक्त परियोजना पूरा गर्न कर्मचारीले जति बढी मेहनत गर्थे, ती प्रबन्धकको काम उति नै घट्ने गथ्र्यो ।केही कर्मचारीहरुले जब यो कुरा थाहा पाए कि आफूहरुको मेहनतले प्रबन्धकलाई सजिलो भएको छ, उनीहरुको तलब कटौती हुने सम्भावना कम हुन पुग्यो । उता, यो कुरा थाहा नपाउने कर्मचारीहरुको भने तलब कटौती गर्न ती प्रबन्धकलाई निकै सजिलो भयो । ती प्रबन्धकले ‘थोरै काम गरेको’ भन्दै बारम्बार केही सोझा स्वयम्सेवक कर्मचारीको तलब/सुविधा घटाउने घोषणा गरेका थिए ।

अध्ययनकर्ताहरुका अनुसार कार्यालयका प्रबन्धकहरुले विभिन्न कर्मचारीको मूल्याङ्कन फरक ढङ्गले गरेका हुन्छन् । प्रबन्धकहरुसँग हेलमेल भएका कर्मचारीहरुले आफूबारेका त्यस्ता तथ्याङ्क थाहा पाउने र कार्यक्षमतामा सुधार अथवा अभिवृद्धि गर्ने उनीहरुको कथन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)