ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सफल बन्न चाहनुहुन्छ ? .. घरपालुवा जनावर पाल्नुहोस् !

Jun 1, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कुनै पनि व्यक्ति सफल हुन धेरै कुराको आवश्यकता पर्छ । यसमा पारिवारिक सहयोग, मिहिनेत, सीप र कौशलजस्ता कुराहरूको योगदान रहने कुरा त सबैलाई थाहा भएकै कुरा हो । तर, व्यक्तिको सफलताको रहस्य उसको घरपालुवा जनावर अर्थात् ‘पेट’मा पनि लुकेको हुने एक अध्ययनले देखाएको छ । जनावरले व्यक्तिको मानसिक अवस्था र स्वास्थ्यका लागि फाइदा पुर्‍याउने र यसको व्यावसायिक जीवनमा पनि हित पुर्‍याउने देखिएको छ । गूगल र एमजनजस्ता कम्पनीले यो तथ्यलाई अँगालिसकेका छन् भने हाल अधिकांश कार्यस्थल पनि पेटमैत्री हुन थालेका छन् । घरपालुवा जनावरले व्यक्तिको सफलतामा योगदान दिने वैज्ञानिक तरीकाहरू तल प्रस्तुत छन् : घरपालुवा जनावरले तनाव घटाउँछन् घरपालुवा जनावरले व्यक्तिको तनावको स्तर र व्याकुलताको अनुभवलाई घटाउन सहयोग गर्ने विज्ञानले बताएको छ । एक अध्ययनमा सहभागीहरूलाई तनावपूर्ण अवस्थामा राखेर खरायो, कछुवा वा भनिएका जनावरको खेलौना भर्सनसँग सम्पर्कमा आउन लगाइयो । यसो गर्दा ती खेलौनाले सहभागीको तनाव कम गर्न कुनै भूमिका खेलेनन् तर वास्तविक जनावरसँग खेल्दा वा तिनीहरूसँगको सम्पर्कमा आउँदा तनावको स्तरमा कमी आएको पाइयो । शुरूमा आफूलाई जनावर मन पर्दैन भन्ने सहभागीहरूले पनि खुशी र राम्रो महसुस गरे । त्यस्तै अर्को अध्ययनले भने कलेज जाने विद्यार्थीमा परीक्षापूर्वको तनाव कम गर्न कुुकुर सहयोगी हुने गरेको अमेरिकन हार्ट एशोसिएशनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा पाइयो । अधिकांश वयस्कहरूले लगातार तनावपूर्ण वातावरणमा काम गरिरहँदा उनीहरूको मानसिक र भावनात्मक अवस्थामा नराम्रो प्रभाव पर्ने कार्यस्थल तथा खुशीसम्बन्धी अनुसन्धानकर्ता एनी मेकी र इमा सेपालाले बताए । यसले पछि गएर व्यक्तिको सफलतामा नै हानि पुर्‍याउँछ । मानसिक अवस्था ठीक गर्न सहयोग घरपालुवा जनावरसँग खेल्दा त्यसले सकारात्मक सोचको विकास गर्ने र व्यक्तिको मस्तिष्कलाई राम्रो अनुभव अर्थात् अक्सिटोसिनजस्तो न्युरोट्रान्समिटर्स रिलिज गर्न सहयोग गर्छ । त्यस्तै, घरपालुवा जनावरसँगको सामीप्यले शान्त र सेरोटोनिनको अनुभव गराएर मानसिक अवस्था राम्रो पार्छ । सफलताका लागि सकारात्मक हुन आवश्यक रहेको भर्जिन ग्र्र्रूपका संस्थापक रिचर्ड ब्रानसन बताउँछन् । आफूले अन्य नकारात्मक कुरामा बढी ध्यान नदिएकै कारण बहुराष्ट्रिय कम्पनी स्थापना गर्न सक्षम भएको उनले बताए । सामाजिक बनाउन सहयोग घरपालुवा जनावरले बन्धुत्वको अनुभव गराउने मात्र नभई यसले मानिसको सामाजिक अन्तक्र्रियामा पनि सहयोग गर्छ । नयाँ मानिसबारे बुझ्न र उनीहरूको सङ्गत गर्न घरपालुवा जनावरका मालिक तुलनात्मक रूपमा बढी लालयीत रहने अध्ययनले देखाएको छ । त्यस्तै, घरपालुवा जनावरका रूपमा कुकुर पाल्नेहरूले सामाजिक सहयोग पाउने सम्भावना बढी हुने गरेको पाइयो । मित्रताले लचिलोपनलाई विस्तार गर्न सहयोग गर्नुका साथै कठिन परिस्थितिबाट बाहिरिन पनि मद्दत गर्ने विज्ञानले बताएको छ । यो पनि सफल हुन अत्यावश्यक एक तŒव हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)