ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोनस र हकप्रद शेयर मूल्याङ्कन : अङ्कित मूल्यकै आधारमा लाभकर

Jun 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । पूँजीबजार लगानीकर्ताले बोनस र हकप्रद शेयरको चुक्तामूल्यको आधारमा पूँजीगत लाभकर हिसाब गरेर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले आइतवारदेखि नै बोनस र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्तामूल्यलाई लागत मानेर सो आधारमा लाभको गणना गर्न निर्देशन दिएको हो । विभागले नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई पत्र पठाएर निर्देशनबमोजिम अग्रिम कर असुल गर्न भनेको छ । सरकारले बजेटमार्पmत शेयर कारोबारमा पूँजीगत लाभकर वृद्धि गरेलगत्तै यसको गणना विधिमा पनि परिवर्तन गरेको हो । यसअघि व्यक्तिलाई ५ प्रतिशत र संस्थालाई १० प्रतिशतको दरमा पूँजीगत लाभकर लाग्दै आएको थियो । जेठ १५ मा प्रस्तुत आर्थिक विधेयकले ती दरलाई क्रमशः ७ दशमलव ५ र १५ प्रतिशतमा पुर्‍याएको थियो । यद्यपि बढेको करको दर आगामी साउन १ गतेदेखि मात्र लागू हुनेछ । तर, नयाँ गणनाविधि भने जेठ २० गतेदेखि लागू भएको छ । करको दर यसरी परिवर्तन हुँदा असन्तुष्ट भइरहेका शेयर लगानीकर्ता लाभकरको गणनाविधिमा पनि परिवर्तन भएपछि झन् असन्तुष्ट बनेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता सङ्घका अध्यक्ष नवराज सुवेदीले यो निर्देशन लगानीकर्ताका लागि स्वीकार्य नहुने बताए । यो निर्देशन पूँजीबजार तथा लगानीकर्तामैत्री नभएको उनको ठम्याइ छ । उनले यो निर्देशनविरुद्व हदैसम्मको वार कि पार हुने खालका कार्यक्रम १÷२ दिनभित्र सार्वजनिक गर्ने चेतावनीसमेत दिए । यस सम्बन्धमा आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद पौडेलले अर्थ मन्त्रालयले केही समयअघि हकप्रद र बोनस शेयरमा लाग्ने पूँजीगत लाभकर आयकर ऐनबमोजिम नभएको भन्दै परिपत्र गरेकाले विभागले आयकर ऐनको प्रावधानअनुसार असुल गर्न निर्देशन दिएको बताए । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने धितोपत्रको कारोबारमा नाफा आर्जन गर्नेले मात्र कर तिर्नुपर्ने भएकाले सबै लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘पहिलादेखि नै सरकारले लाभकर गणना गर्ने सम्बन्धमा नियामक निकायसँग पनि रायसुझाव लिइरहेको थियो,’ उनले अभियानसँग भने, ‘अब अन्योल हटेको छ, लगानीकर्तालाई असर पार्ने सरकारको उद्देश्य होइन ।’ यसअघि बोनस र हकप्रद शेयरमा नेप्सेले तोकेको आधारमूल्यका आधारमा लाभकर गणना हुँदै आएको थियो । हकप्रद र बोनस शेयर नेप्सेमा समायोजन हुँदा नेप्सेले आधारमूल्य निर्धारण गर्दै आएको छ । यसरी निर्धारण गरिएको कम्पनीको औसत आधारमूल्यभन्दा बढीमा शेयर विक्री गर्दा त्यसरी बढी भएको आम्दानीका आधारमा पूँजीगत लाभकर असुल गरिँदै आएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)