ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरमा लाभकर विवाद प्रकरणमा सरकार पछि हट्यो : तत्काल पुरानै विधिबाट गणना

Jun 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । धितोपत्र कारोबारमा पूँजीगत लाभकर गणनासम्बन्धी विवाद टुङ्गिएको छ । बुधवार अर्थ मन्त्रालय र लगानीकर्ता सङ्गठनहरूबीच भएको छलफलमा लाभकर गणनामा पुरानै विधि लागू गर्ने सहमति भएको हो । आन्तरिक राजस्व विभागले जेठ १८ गते बोनस र हकप्रद शेयरमा अङ्कित मूल्यको आधारमा अग्रिम पूँजीगत लाभकर असुल गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको थियो । सोही निर्देशनविरुद्ध लगानीकर्ता सशक्त प्रतिरोधमा उत्रिएपछि सरकार हाललाई निर्णयबाट पछि हटेको हो । सरकारले गरेको लाभकर गणनासम्बन्धी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका लगानीकर्ताले सोमवार र बुधवार कारोबारमा सामान्य अवरोध पु¥याए पनि मङ्गलवार भने पूरै ठप्प पारेका थिए । लगानीकर्ताको विरोधपछि अर्थ मन्त्रालयले मङ्गलवार मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरी अध्ययन थालेको थियो । समितिमा राजस्व व्यवस्थापन महाशाखा, आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससीसहितका प्रतिनिधि रहेका छन् । समितिले १५ दिनभित्र लाभकरका विषयमा अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ । यसअघि धितोपत्र कारोबारमा बोनस र हकप्रद शेयरमा आधार मूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । लगानीकर्ताले हकप्रद र बोनस शेयर नेप्सेमा समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औसत आधार मूल्यभन्दा बढीमा शेयर विक्री गर्दाको अवस्थामा भएको आम्दानीको आधारमा पूँजीगत लाभकर तिर्दै आएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)