ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थमन्त्रीले भने, ‘अप्रत्याशित कारोबारलाई रोक्नुस्’

Jun 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

जेठ २५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा हुने अप्रत्याशित कारोबारलाई रोक्न नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । बोर्डको २६ औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै खतिवडाले अप्रत्याशित कारोबारले धितोपत्र बजारमा त्रास फैलाएको बताउँदै त्यसका लागि नियामक निकायलाई चनाखो हुन आग्रह गरे । जोखिम लिनेले पूँजी बजार र जोखिम नलिनेले ऋण बजारमा लगानी गर्न सक्ने बताउँदै खतिवडाले लगानीको दायरा फराकिलो पार्न सरकार क्रियाशिल रहेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताए । उनका अनुसार देशको आर्थिक विकासका लागि पूँजी बजारको विकास र विस्तार हुन जरुरी छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले धितोपत्र बजारको विकास र विस्तारका लागि बोर्डले निरन्तर काम गरिरहेको बताए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाली कम्पनीलाई नेपालको धितोपत्र बजारमा मात्रै नभएर देश बाहिरका धितोपत्र बजारमा पनि सूचीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरे । शर्माले धितोपत्र बजारमा भएको डिजिटलाईजेशन सँगै डाटा सुरक्षामा पनि जोड दिनुपर्ने बताए ।

बोर्डको वार्षिकोत्सव कार्यक्रममा विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउद, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा सहभागी थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)