ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

Jun 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

जेठ २९, काठमाडौं । संवैधानिक परिषद्को मंगलवार बसेको बैठकले प्रधानन्यायाधीशको लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशको लागि वरिष्ठतम् न्यायाधीश जोशीलाई सिफारिस गरेको हो ।

विगत तीन महीनादेखि प्रधानन्यायाधीशको पद रिक्त रहोको थियो । सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीश पदमा कार्य गरेको ब्यक्ति न्यायाधीशको लागि योग्य हुने संवैधानिक व्यवस्था रहेको छ । सो बमोजिम न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशहरु जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जवरा योग्य भएको भनी केही दिन पहिले संवैधानिक परिषद्लाई पत्राचार गरिसकेको थियो । संविधानमा तीन वर्ष कार्य गरेको न्यायाधीश प्रधानन्यायाधीशको लागि योग्य हुने उल्लेख गरेको भएपनि हालसम्मको परम्परा अनुसार वरिष्ठतमलाई नै प्रधानन्यायाधीशको लागि सिफारिस गरिदै आएको पाइन्छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीशको सिफारिसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री पनि सदस्य हुने प्रावधान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)