ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज भन्सारद्वारा ‘बिल अफ एक्सपोर्ट’ अनिवार्य : आयातकर्ता विरोधमा

Jun 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । भारतबाट आयात हुने मालसामानको जाँचपासमा वीरगञ्ज भन्सार कार्यालयले बिल अफ एक्सपोर्ट अनिवार्य गरेको छ । यसअघि सीमावर्ती भारतीय रक्सौल भन्सारले जारी गरेको चेक लिस्टको आधारमा जाँचपास हुने गरेकोमा सोमवारदेखि बिल अफ एक्सपोर्ट अनिवार्य गरेको हो । बिल अफ एक्सपोर्ट स्वदेशी भन्सारमा आयातकर्ताले पेश गर्ने प्रज्ञापनपत्रजस्तै भारतीय भन्सारतर्फको आधिकारिक कागजात हो । भारतीय भन्सारले बिल अफ एक्सपोर्टअघि मालसामानको विवरण उल्लेख गरेर चेक सूची जारी गर्छ । भन्सार अधिकारीहरूले अहिलेसम्म यसैका आधारमा आयातित मालसामानको जाँचपास गर्दैआएका थिए । अब आयातकर्ताले प्रज्ञापनपत्रसँगै भारतीय भन्सारको बिल अफ एक्सपोर्ट पनि पेश गर्नुपर्ने भएको छ । आयातकर्ताले भने यो प्रावधान अव्यावहारिक भएको भन्दै विरोध गरेका छन् । आयातकर्ताका प्रतिनिधि (भन्सार एजेण्ट)हरूले बिल अफ एक्सपोर्ट अनिवार्य गर्दा प्रक्रियामा बढी समय लाग्ने बताएका छन् । एजेण्टले भन्सार प्रमुखलाई भेटेर प्रक्रियाका नाममा आयातलाई अनावश्यक असहज नबनाउन आग्रहसमेत गरे । वीरगञ्ज भन्सार एजेण्ट सङ्घका अध्यक्ष बालकृष्ण बस्नेतले भारतीय भन्सारले यस्तो कागजात उपलब्ध गराउन ५ देखि ७ दिन लगाउने बताए । भारतीय भन्सारले प्रविधि र जनशक्ति अभावलाई कारण देखाएर मालसामान पास भएको एक हप्तामा यस्तो कागजात दिने गरेको छ । उनका अनुसार अहिले यही कागजको अभावमा नाकामा आइपुगेका गाडी ५ देखि ७ दिनसम्म रोकिनुपर्ने अवस्था आएको छ । भारतीय भन्सारले मालसामान पास भएसँगै यो कागजात दिने व्यवस्था नहुँदासम्म अनिवार्य गर्न नहुने आयातकर्ताको माग छ । वीरगञ्ज भन्सारले यसलाई सहजीकरण गरेर प्रावधान कार्यान्वयनमा ल्याएमा समस्या नहुने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । ‘व्यापारको पारदर्शिताका लागि प्रावधान सकारात्मक भए पनि यसबाट उत्पन्न अप्ठ्यारोको समाधान पनि भन्सारले दिन सक्नुपर्छ,’ उनले आर्थिक अभियानसित भने । यसले ढुवानीमा जरीवानाको भार बढी पर्ने देखिएको छ । एउटा ट्रकले दिनको २ हजारदेखि ४ हजार भारतीय रुपयाँसम्म जरीवाना तिराउँछन् । वीरगञ्ज नाकाबाट अहिले भारतीय मालसामान बोकेका करीब ५ सय ट्रक भित्रिन्छन् । जरीवानाले आयात महँगो हुँदा उपभोक्तालाई मार पर्छ । यसअघि चेक सूचीका आधारमा जाँचपास हुँदा यो समस्या थिएन । वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेल भने भारतीय भन्सारले हातको हात बिल अफ एक्सपोर्ट दिइरहेको दाबी गरे । ‘यो प्रक्रियाबाट जसलाई समस्या परे पनि हामी सहजीकरणका लागि तयार छौं,’ उनले भने । एजेण्टको विरोधपछि भन्सार उद्योगको कच्चा पदार्थ र गाडी पुरानै प्रक्रियाबाट भिœयाउन सहमत भएको छ । अन्य मालसामानलाई अनुमति दिएको छैन । एजेण्टहरूसितको छलफलमा भन्सार प्रमुखले भारतीय भन्सारले कागजात पेश भएको भोलिपल्ट बिल अफ एक्सपोर्ट दिने दाबी गरेको एक एजेण्टले बताए । ‘भोलिपल्ट दिए पनि नाकामा आइसकेको गाडी कम्तीमा पनि २ दिन रोकिनु पर्छ,’ ती एजेण्टले भने । केही आयातकर्ताले चेक सूची दुरुपयोग गरेको खुलेपछि भन्सारले यो कागज अनिवार्य गरेको भन्सारका एक अधिकारीले बताए । भन्सार एजेण्टका अध्यक्ष बस्नेत भने त्यस्ता आयातकर्तालाई भन्सारले कारबाही गर्नुपर्ने बताउँछन् । तर, केही व्यवसायीको बदमासीलाई लिए र मुख्य नाकाको अधिकांश व्यापार नै असहज बनाउन नहुने तर्क उनको छ । विरोधका कारण
  • भारतीय भन्सारले कागजात उपलब्ध गराउन ५ देखि ७ दिन लगाउने
  • उक्त कागजातको अभावमा नाकामा आइपुगेका गाडी ५ देखि ७ दिनसम्म रोकिनुपर्ने
  • एउटा ट्रकले दिनको २ हजारदेखि ४ हजार भारतीय रुपयाँसम्म जरीवाना तिर्नुपर्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)