ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिव्यक्ति आय : प्रदेश ३ को सबैभन्दा धेरै प्रदेश ७ मा कम

Jun 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । प्रतिव्यक्ति आय ३ नम्बर प्रदेशमा सबैभन्दा बढी र ७ नम्बर प्रदेशमा सबैभन्दा कम देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको नेपालको जनसाङ्ख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रदेशगत प्रोफाइलले त्यस्तो देखाएको हो । सबैभन्दा बढी आय हुने प्रदेशका रूपमा देखिएको प्रदेश ३ को प्रतिव्यक्ति आय वार्षिक १५ सय ३४ डलर छ भने सबैभन्दा कम आय हुने ७ नम्बर प्रदेशको प्रतिव्यक्ति आय ६ सय ६० छ । प्रतिव्यक्ति आयको सूचीमा दोस्रो स्थानमा रहेको प्रदेश नम्बर १ को प्रतिव्यक्ति आय १ हजार २४ छ । रहेकोमा त्यसपछि क्रमशः प्रदेश ४, ५, २ र कर्णाली रहेका छन् । गरीबीको दरमा भने प्रदेश नम्बर ७ पहिलो छ । सो प्रदेशमा ४२ प्रतिशत गरीबी रहेको छ । प्रदेश ४ मा गरीबीको दर सबैभन्दा कम छ । उक्त प्रदेशमा १५ दशमलव २ प्रतिशत गरीबी रहेको छ । सङ्ख्यागत रूपमा प्रदेश २ मा सबैभन्दा बढी गरीबी र प्रदेश १ मा सबैभन्दा कम गरीबी रहेको देखिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पनि प्रदेशहरूबीच ठूलो अन्तर देखिएको छ । प्रदेशगत जीडीपीमा ३१ दशमलव ९ प्रतिशतदेखि ४ दशमलव १ प्रतिशतको बीचमा अन्तर देखिएको हो । आर्थिक हैसियत अन्य प्रदेशभन्दा सबल रहेको प्रदेश ३ ले जीडीपीमा ३१ दशमलव ९ प्रतिशत अंश ओगटेको छ । जीडीपीमा दोस्रो ठूलो योगदान गर्ने प्रदेश १ को अंश १७ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै प्रदेश २ को १६ दशमलव २, प्रदेश ५ को १३ दशमलव ४ प्रतिशत, प्रदेश ४ को १० दशमलव ५, प्रदेश ७ को ६ दशमलव ३ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ दशमलव १ प्रतिशत अंश रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)