ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन ट्रेडिङ प्रणाली परीक्षण शुरू

Jun 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार (आज)देखि अनलाइन कारोबार प्रणालीको परीक्षण शुरू गर्ने भएको छ । पहिलो चरणमा ५ ओटा ब्रोकर कम्पनीबाट परीक्षण हुन लागेको हो । शेयर ब्रोकर सङ्घसँग समेत छलफल गरेर सीमित ब्रोकरमार्फत सो परीक्षण शुरू गर्ने निर्णय भएको नेप्सेका वरिष्ठ सूचना प्रविधि (आईटी) अधिकृत निरञ्जनसिंह नायकले बताए । ब्रोकर सङ्घको सुझावअनुसार नै प्रणाली परीक्षणका लागि सेक्युर्ड सेक्युरिटिज (३६), त्रिशक्ति सेक्युरिटिज (४८), एबीसी सेक्युरिटिज (१७), लिञ्च स्टक मार्केट (४१) र मल्ल एण्ड मल्ल (११) लाई छनोट गरिएको नेप्सेले बताएको छ । लामो समयदेखि अनलाइन प्रणालीको तयारीमा जुटेको नेप्सेले उक्त प्रणालीमा आवश्यक पर्ने १६ ओटै मोडल बनाउने प्रक्रिया पूरा गरेपछि परीक्षण कार्य अघि बढाएको हो । जेठ मसान्तसम्म सबै तयारी पूरा गरी परीक्षण शुरू गर्ने यसअघिको प्रतिबद्धताअनुसार पूरा गर्न सफल नेप्सेको दाबी छ । प्रणाली परीक्षणका क्रममा प्राप्त सुझाव, प्रतिक्रियाका आधारमा प्रणालीमा भएका त्रुटि सच्याउन सकिने नायक बताउँछन् । उनले भने, ‘अहिले नेप्सेले ५ ओटा ब्रोकरलाई सर्भर उपलब्ध गराएपछि उनीहरूले आप्mनै लगानीमा सर्भर तथा हार्डवेयरको व्यवस्था गर्नुपर्ने छ ।’ प्रणालीका कमी कमजोरी बुझ्न पनि सङ्घले तत्काल केही ब्रोकरबाट परीक्षण गर्न सुझाव दिएको सङ्घका अध्यक्ष प्रियराज रेग्मीले अभियानलाई जानकारी दिए । मोक ट्रेडिङ नामको अनलाइन प्रणालीमा अर्डर म्याचिङ इञ्जिन, एक्सचेञ्ज सर्भर तथा ब्रोकर सर्भरबीचको नेटवर्क (सञ्जाल)मा कारोबार र सदस्य दलालको सुपरिवेक्षण गर्न सक्ने प्रविधि रहने नेप्सेको भनाइ छ । नेप्सेले अनलाइन प्रणालीको परीक्षण ब्रोकर कम्पनीबाहेक विशेषज्ञ कम्पनीबाट समेत गर्ने भएको छ । प्रणालीको युजर एसेप्टेन्स टेष्ट (यूएटी)का लागि विशेषज्ञ कम्पनी छनोट गर्न नेप्सेले बोलपत्र आह्वान गरिसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । प्रणाली निर्माणमा सहभागी भारतको कम्पनी वाईको र नेप्सेबाहेक तेस्रोे पक्षबाट परीक्षण गर्न यस्तो कदम चालिएको उनले बताए । अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै दोस्रो बजारमा शेयर किनबेचका लागि लगानीकर्ता ब्रोकरसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । यो प्रणालीको स्पीड माइक्रो सेकेण्डमा हुने र अन्तरराष्ट्रिय पूँजीबजारसरहको पहुँच निर्धारण गर्न सक्षम हुने नेप्सेको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)