ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट नेपालले नयाँ हवाई रुट पाउने

Jun 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
असार २, काठमाडौं । अन्तरराष्ट्रिय उडानका लागि नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ । नयाँ प्रवेश मार्ग उपलब्ध गराउने विषयमा बिहीवार र शुक्रवार काठमाडांैमा सम्पन्न वार्तामा भारतले पूर्वमा जनकपुर र विराटनगरबाट हवाई ‘रुट पर्मिट’ दिने विषयमा दुवै पक्षबीच सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणबीच भएको छलफलले पूर्व र पश्चिममा विभिन्न ठाउँमा उडान सुरक्षा मूल्याङ्कन गरी यसलाई लागू गर्ने सहमति भएको पोखरेलले बताए । नेपाल र भारतका प्रधानमन्त्रीबीच गत १२ मे २०१८ मा जारी संयुक्त व्यक्तव्य अनुरूप दुवै पक्षबीच प्राविधिक तहमा यो वार्ता भएको हो । दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने छ । यसका लागि दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनको आधारमा उक्त रुटहरूबाट वायुयान नेपाल प्रवेश गर्न पाउने छन् । यस्तै पूर्वतर्फ काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्षबाट सुरक्षा मूल्याङ्कन गरी लागू गर्ने सहमति भएको छ । यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उड्ने वायुयानको लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोही आधारमा लागू गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तरराष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा २०१८ को सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सहमतीमा उल्लेख छ । दुई दिनसम्म चलेको वार्तामा नेपालका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका एयर नेभिगेसन क्षेत्रका उपमहानिर्देशक नरेन्द्र बहादुर थापासहित प्राधिकरणको टोली र भारतीय एयर नेभिगेसन प्रमुख एके दत्तसहित भारतीय टोलीेको सहभागिता थियो । दुई पक्षबीच भएको सहमति अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ ) मा पठाइने र त्यहाँबाट अनुमति दिएपछि रुट पर्मिट लागू हुने पोखरेलले बताए । नयाँ हवाई रुटसम्बन्धी यो सहमतिले नेपाल र भारतबीच सीमापार उडानलाई सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता बीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । यस्तै नेपाली तथा भारतीय पक्षबीच एअर नेभिगेशन सेवाको विविध प्राविधिक विषयमा सहयोग आदान प्रदान गर्न उच्च तहमा प्राविधिक सहयोग गर्ने सहमत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । भारत हुँदै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरा रुट मात्र प्रयोग गर्दै आएको छ । यसअघि नेपालले हिमालय रुट २ को माग गरे पनि अहिले भएको छलफल र सहमति त्यो रुटभन्दा फरक रहेको उपमहानिर्देशक पोखरेलले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)