ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकसाता भित्रमा एसईई परीक्षाको नतिजा आउने

Jun 17, 2018  
शिक्षा मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
असार ३, काठमाडौं । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षामा देशभरबाट आवेदन दिएका ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीको नतिजा यसै साता सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानोठिमीले जानकारी दिएको छ । पनिकाले सञ्चालन गरेको सो परिक्षाको नतिजा असार पहिलो सातामा प्रकाशित गर्ने तयारीमा जुटेको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार एसईई परिक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेका छौं । ‘सबै कपीको परीक्षण सकिएको छ र त्यसको रुजु गरीरहेका छौं । छिटो गर्ने तयारीमा हामी जुटेका छौं । सबै काम सकिएकाले रुजु भए लगत्तै सातादिनभित्र नतिजा प्रकाशित गर्नेछौं ’, उनले जानकारी दिए । यस वर्षको एसईईको परिक्षा गत चैत्र ८ गते बिहीवारदेखि शुरु भएको थियो । उक्त दिनदेखि शुरु भएको साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन भएको थियो । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रममा आधारित प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो । अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भएमा ग्रेडवृद्धि परीक्षामा सहभागि हुन पाईनेछ । यदि ग्रेडवृद्धि परीषाबाट पनि ग्रेड बढाउन नसकेका परीक्षार्थीका लागि एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)