ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याजदरमा फेरि सहमति

Jun 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल बैङ्कर्स सङ्घले करीब १ साताअघिकोे निर्णय उल्ट्याउँदै दोस्रोपटक ब्याजदरमा सीमा तोक्ने सहमति गरेको छ । सङ्घले बिहीवार भद्र सहमतिको नाममा २८ ओटै बैङ्कका प्रमुखलाई बोलाएर कर्जा र निक्षेपको ब्याजदरमा नियन्त्रण कायम गर्ने प्रयास गरेको हो । यसपटकको सहमतिले यसअघिको भन्दा पनि कडा शर्त राखेर सोको पालना नगर्ने बैङ्कलाई कारबाही गर्नेसमेत बताएको छ । फलस्वरूप, निक्षेपकर्ताले आफ्नो बचतमा यसअघिको भन्दा पनि कम ब्याज पाउने भएका छन् भने उद्योगी व्यवसायीको कर्जाको लागत ज्यूँका त्यूँ रहने भएको छ । ब्याजदर निर्धारणको जिम्मा बजारमा छोड्दा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै ब्याजदरमा सीमा तोक्ने सहमति भएको एक बैङ्करले बताए । अर्थशास्त्री भने सङ्घको व्यवहारले गठबन्धन संस्कृतिको विकास गराउने भन्दै यसको आलोचना गरेका छन् । केन्द्रीय बैङ्कले मौद्रिक औजारको उपयोग गरेर पूँजीयोग्य रकमको व्यवस्थापनमार्फत ब्याजदरमा स्थायित्व कायमको प्रयास गर्ने मान्यताविपरीत बैङ्कहरूलाई नै गठबन्धनका लागि प्रोत्साहन गर्नु विडम्बना भएको उनीहरूको भनाइ छ । ‘राष्ट्र बैङ्क तथा अर्थ मन्त्रालय समेतको अग्रसरतामा सहमति गरिएको सुन्नमा आएको छ, जुन खुलाबजार अर्थनीतिविपरीत हो,’ एक अर्थशास्त्रीले भने । सहमतिअनुसार अबदेखि निक्षेपको ब्याजको भुक्तानी पनि ३/३ महीनामा मात्र हुने भएको छ । यसले बचतकर्तालाई थप मर्का पर्ने देखिएको छ । तर, कर्जाको ब्याजदरको निश्चित सीमा नतोकी आधार दरभन्दा थोरै माथिमात्र ब्याजदर निर्धारण गर्नुपर्ने भन्ने अस्पष्ट वाक्य सहमतिमा राखिएको छ । यसले सङ्घको सहमति समग्र अर्थतन्त्रका लागि भन्दा पनि बैङ्कहरूको नाफाका लागि मात्र भएको एक उद्योगीले अभियानसँग बताए । के भन्छ बैङ्कर्स सङ्घ ? राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले ब्याजदर धेरै बढ्दा वित्तीय प्रणाली नै सङ्कटमा पर्नसक्ने भनेर सचेत गराएकाले भद्र सहमति गरेको सङ्घको भनाइ छ । ५ महीना पहिलाको सहमति स्थगित गरी ब्याजदर माथिको नियन्त्रण हटाउँदा बैङ्कहरूले आक्रामक रूपमा ब्याजदर बढाएकाले सङ्घले पुनः हस्तक्षेप गर्नुपरेको छलफलमा सहभागी बैङ्कर बताउँछन् । ‘हाललाई भद्र सहमति गर्न राष्ट्र बैङ्कले नै सुझाव दिएको हो,’ एक बैङ्कका सीईओले भने । सहमति लागू नगर्नेलाई गरिने भनिएको कारबाहीमा विषयमा बुझ्न खोख्दा सङ्घले आधिकारिक जवाफ दिन अस्वीकार गर्‍यो । संयमित हुन भनेका हौं [caption id="attachment_230057" align="alignleft" width="200"] नारायणप्रसाद पौडेल
प्रवक्ता, राष्ट्र बैङ्क[/caption] केही दिनयता बैङ्कहरूले निक्षेपको ब्याजदर ह्वात्तै बढाउन थालेपछि सम्बन्धित बैङ्करलाई बोलाएर ब्याजदरमा संयमित भएर अगाडि बढ्न सुझाव दिएका थियौं । बजारमा अस्वस्थ ढङ्गको प्रतिस्पर्धा हुन भएन भनेर हाम्रो ध्यान आकृष्ट भएको हो । यसै विषयमा बैङ्कर्स सङ्घले छलफल गर्‍यो होला । उनीहरूले बजारमा स्थायित्व प्रदान होस्, अनावश्यक रूपमा ब्याजदर नबढोस् भनेर यस्तो निर्णय गरे होलान् । तर, ब्याजदर यति राख, बढाऊ वा नबढाऊ भनेर हामीले भनेका छैनौं र भन्न पनि मिल्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)